site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असार १ गतेबाट उपत्यकामा दिउँसोको समय मालबाहक सवारी सञ्चालनमा रोक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले असार १ गतेबाट उपत्यकामा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सबै प्रकारका मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालको संयोजकत्वमा विभागमा हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो । “ट्राफिक व्यवस्थापनलाई सहज बनाउन असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य क्षेत्र तथा चक्रपथभित्र र बाहिर मालबाहक सवारी चल्नमा रोक लगाउने निर्णय भएको छ,” विभागका महानिर्देशक दहालले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

विभागको निर्णयअनुसार उक्त नियम कार्यान्वयन गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी बसन्त पन्तले बताए । उपत्यकामा टिपरको सञ्चालनलाई व्यवस्थित गर्न सरकारले २ वर्षअघि टिपरलाई मात्र यो नियम लागु गर्दै आएको थियो ।

विभागको अहिलेको निर्णयले सबै प्रकारका मालबाहक सवारी साधनलाई असार १ गतेबाट उपत्यकामा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालनमा रोक लगाएको हो । "अत्यावश्यक सामग्री ढुवानी गर्ने, कुटनीतिक नियोगका र अन्तर्राष्ट्रिय हवाइ ढुवानीसम्बन्धी मालबाहक सवारी साधन यथावत चल्न पाउने छन्,” महानिर्देशक दहालले भने । 

Global Ime bank

टाटामोबाइल, पिकअप, मिनीट्रक, ट्रक, लहरी र कन्टेनर आदि सबै मालबाहक सवारी साधनहरुलाई उक्त समयमा सञ्चालनमा रोक लगएको हो । उपत्यकामा यो नियम लागु भएसँगै उपत्यका भित्रिने मुख्य नाकाहरुको ट्राफिक जाम केही कम हुने महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी निरीक्षक केशवराज भट्टले बताए ।

“ट्राफिक जाम कम गर्नका लागि यो नियम लागु गरिएको हो । यसका साथै हाइस्पिड र स्लो मोसनका गाडी एकैसाथ चल्दा हुने अव्यवस्थित ट्रफिकलाई पनि यो नियमले व्यवस्थित गर्ने छ,” महानिर्देशक दहालले बाह्रखरीसँग भने, “यो नियमले यातायात क्षेत्रमा काम गर्ने सबैलाई रात्रीकालीन समयमा रोजगारी बढाउने छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC