site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यस सिजनमा सगरमाथामा आठ जनाको मृत्यु, एक बेपत्ता, पर्यटन मन्त्रालयद्वारा सुझाव समिति गठन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सगरमाथा आरोहणका क्रममा यस सिजनमा आठ जनाको मृत्यु भएको छ भने एकजना हराइरहेका छन् । पर्यटन विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो उल्लेख छ ।

“सन् २०१९ को वसन्तकालिन मौसमका लागि यस पर्यटन विभागले पर्यटन ऐन, २०३५ र पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ अन्तर्गत रहेर सगरमाथा हिमाल आरोहणका लागि विभिन्न ४४ दललाई आरोहणको अनुमति पत्र जारी गरेको र उक्त ४४ दलमा ३८१ जना आरोहीहरु र यी आरोहीहरुलाई सहयोग गर्नका लागि ६४२ जना(सरदार, गाइड र शेर्पासमेत गरेर) रहेका थिए,” विभागका महानिर्देशक डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,“उक्त हिमाल आरोहण लागि गएका अनुमति प्राप्त आरोहीहरु २८१ र आरोहीहरुका सहयोगीहरु ३७८ समेत गरेर वसन्तकालिन मौसममा ६५९ जनाले सगरमाथाको सफल आरोहण गरेको विवरण सम्बन्धित दलका नेता र सम्पर्क अधिकृतले यस विभाग समक्ष पेश गरेका छन् । यस क्रममा यस वसन्तकालिन मौसममा सगरमाथा हिमालमा विभिन्न आठ जनाको मृत्यु भएको र एकजना हराइरहेको दुखद अवस्थासमेत रहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

विभागले जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यममा उठिरहेको ट्राफिक जाम र अधिक अनुमित पत्रका कारण आरोहीको मृत्यु भएको तथा हराइरहेको भन्ने विषयप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यसवर्ष अघिल्लो वर्षभन्दा जम्मा ३५ जना मात्रै बढी पर्यटक सगरमाथा चढेको विभागले उल्लेख गर्दै मृत्युको कारण ट्राफिक जाम नभइ हाइ अल्टिच्युड, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्नेलगायतका कारण रहेको उल्लेख गरेको छ ।

Global Ime bank

विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“यस वसन्तकालिन मौसममा सगरमाथालगायतका हिमालको आरोहणका क्रममा मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानुनी संरचना, कार्यविधिगत सुधारका लागि सुझाव दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC