site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘भूमिसुधार भनेको गरिबलाई जग्गा बाँड्ने कार्यक्रम होइन’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले भूमि सुधार कार्यक्रम भनेको गरिबलाई जग्गा बाँड्ने कुरा नभएको बताएकी छन् ।

अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एसिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’सम्बन्धी दक्षिण एसियाली क्षेत्रीय परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“भूमि सुधार भनेको गरिबलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं बिघा जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो,” मन्त्री अर्यालले भनिन् । कार्यक्रममा मन्त्री अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने धारणा राखेकी छन् ।

“गरिबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएकाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरुसँग समन्वय र एकिकृत प्रयासबाट गरिबी निवारणका चुनौति पार गर्न सकिने कुरामा विश्वस्त छौं,” मन्त्री अर्यालले भनिन् ।

Global Ime bank

लैंगिक विभेद र असमानताको समस्या विश्वभरि नै कायम रहेको भन्दै मन्त्री अर्यालले यो समस्या नेपालका दुर्गम र विकट बस्तीहरुमा विद्यमान रहेको बताइन् । नेपालको सन्दर्भमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेको भन्दै मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन् ।

सरकार भूमिको उत्पादकत्व वृद्धी, उन्नत र आधुनिक कृषि उद्योगको विकास र बजारीकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिबीको जीवनस्तर उकास्नतर्फ लागिरहेको भन्दै मन्त्री अर्यालले भूमिसुधार कार्यक्रम सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएकोसमेत बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC