site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वार्नरको शतकमा पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । डेविड वार्नरको शतक र कप्तान आरोन फिन्चको उत्कृष्ट प्रदर्शनमा प्रेरित अष्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानलाई ३ सय ८ रनको लक्ष्य दिएको छ। कन्टी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३ सय ८ रनको लक्ष्य दिएको हो ।

अष्ट्रेलियाका लागि डेबिड वार्नरले शतक बनाउँदा कप्तान आरोन फिन्चले उत्कृष्ट ब्याटिङ गरे । १ सय ११ बल खेलेका वार्नरले ११ चौका र १ छक्काको मद्दतमा १ सय ७  रन जोडे । जारी विश्वकपमा पहिलो शतक बनाएका वार्नरको एकदिवसीय क्रिकेट करिअरमा शतक संख्या १५ पुगेको छ । एक वर्षको प्रतिबन्धपछि राष्ट्रिय टोलीमा फर्किएका वार्नर सहिन साह अफ्रिदीको बलमा इमाम उल हकमार्फत क्याच भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कप्तान आरोन फिन्चले ८२ रन बनाए । ८४ बलको सामना गरेका फिन्चले ६ चौका र ४ छक्का प्रहार गरे । शतक नजिक पुगेका उनी मोहम्मद अमिरको बलमा मोहम्मद हफिजमार्फत क्याचको सिकार भए । फिन्च र वार्नरको उत्कृष्ट साझेदारीमा अष्ट्रेलियाले २२ ओभरमा विना विकेटको क्षतिमा १ सय ४६ रन जोडेको थियो । तर लगत्तै फिन्च आउट भए । सा मर्सले २३ रन जोड्दा ग्लेन म्याक्सवेलले २०, स्टेभन स्मिथले १०, उसमान ख्वाजाले १८ रन बनाए । मोहम्मद अमिरको बलमा मर्स क्याचआउट हुँदा म्याक्वेल अफ्रिदीको बलमा बोल्ड भए । स्मिथ मोहम्मद अफिजको बलमा आसिफमार्फत तथा ख्वाजा अमिरको बलमा वाहब रियाजमार्फत क्याच भए ।

नाथन कल्टरलाई वाहब रियाजले २ रनमा पवेलियन फर्काउँदा प्याट कुमिन्स २ रनमा हसन अलिको बलमा सरफराजमार्फत क्याच भए । एलेक्स केरी २० रनमा एलबिडब्लु धरापमा पर्दा मिचेल स्टार्कले ३ र केन रिर्चडसन १ रन बनाए ।  

Global Ime bank

पाकिस्तानका मोहम्मद अमिरले ५ विकेट लिए । सहिन साह अफ्रिदीले २ विकेट लिदाँ हसन अलि,वाहब रियाज,मोहम्मद हफिनले १-१ विकेट लिए ।

३ सय ८ रनको लक्ष्य पाएको पाकिस्तानले अहिले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । तीनमध्ये एक खेलमा हार ब्यहोरेको अष्ट्रेलिया उपाधि होडलाई बलियो बनाउन आजको खेल आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ । दोस्रो जितको खोजीमा रहेको पाकिस्तान जसरी पनि अंक बटुल्ने योजनामा छ । पाकिस्तानले यसअघि तीन खेल सकिँदा एकमा विजयी, एकमा पराजय र एकमा अंक बाँडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement