site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पेरिसतिर लागे प्रधानमन्त्री ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पेरिसतिर प्रस्थान गरेका छन् । उनी बुधबार रेल चढेर बेलायतबाट फ्रान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेको तस्बिर प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विट गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपाली गोर्खाबारे अन्तरक्रिया गरेपछि रेलमार्ग हुँदै पेरिसतर्फ लागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार बेलायतकी प्रधानमन्त्री टेरिजा मे र बेलायती महारानी एलिजाबेथ द्वितीयाका कान्छा नाति तथा शाही सम्बोधनमा द ड्युक अफ ससेक्स भनिने राजकुमार ह्यारीसँग भेट गरेका थिए । 

स्विजरल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको टोली बेलायत पुगेका थिए । मन्त्री, सल्लाहकार समूह, परराष्ट्र अधिकारीसहितको प्रधानमन्त्रीको टोलीलाई बेलायतका आर्मड् फोर्सेस राज्यमन्त्री मार्क लांकास्टरले विमानस्थलमा स्वागत गरेका थिए। 

Global Ime bank

पछिल्लो १७ वर्षमा नेपालका बहालवाला प्रधानमन्त्रीबाट बेलायत भ्रमण भएको यो पहिलो अवसर हो।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC