site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भूकम्पले भत्काएका दुई लाख २८ हजार घरको पुनर्निमाण अझै अधुरै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्प गएको चार वर्ष पूरा भइसक्दा पनि दुई लाख २८ हजार ८ सय ८५ घर अझै पुनर्निर्माण हुन सकेका छैनन् । ०७२ वैशाखको भूकम्पले क्षति पुर्‍याएकामध्ये चार लाख पाँच सय ९५ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख २८ हजार ८ सय ८५ घर पुनर्निर्माणको क्रममा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका भूकम्पपीडितमध्ये ५२ प्रतिशतले पुनर्निर्माण सम्पन्न गरेको दाबी गरे । यस्तै ३० प्रतिशतले घर बनाउँदै गरेको र समग्रमा ८२ प्रतिशत उपलब्धी हासिल भएको तथ्यांक प्रस्तुत गरे ।

निजी घर पुनर्निर्माणका लागि हालसम्म ७ लाख ६७ हजार २ सय ४८ भूकम्पपीडितहरुले अनुदान सम्झौता गरेका छन् । जसमध्ये ९९ प्रतिशतले प्रथम किस्ता लिएका छन् भने ७६ प्रतिशतले दोस्रो किस्ता र ५७ प्रतिशतले तेस्रो किस्ता भुक्तानी लिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले निजी घर पुननिर्माणमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ । प्राधिकरणले अनुदान लिएका पीडितहरुलाई पुनर्निर्माणको काम चाँडै थाल्न आग्रह गर्दै आएको छ ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पलाई अवसरका रुपमा लिएको र निजी घर, विद्यालय, स्वास्थ्यसंस्था, सम्पदा, सुरक्षा निकाय र सरकारी भवन पहिलेभन्दा राम्रा, बलियो र सुरक्षित बनेको बताए ।

Global Ime bank

“निजी आवास पुनर्निर्माणलाई सबभन्दा महत्व दिएर काम गरेका छौं । शैक्षिकसंस्था, स्वास्थ्यसंस्था, सम्पदालगायत भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणका मूलभूत कार्य पूर्वनिर्धारित समयमा नै सम्पन्न गर्नेर्छौं ।”

प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माण उत्साहजनक रुपमा अघि बढेको बताए । “नवनिर्माणमा नयाँ ठाउँमा काम हुन्छ । पुनर्निर्माण गर्दा पुरानो ठाउँमा काम गर्नुपर्छ, पुराना वस्तुको संरक्षण गर्नुपर्ने हुन्छ । जनताको भावनालाई सम्बोधन गर्नुपर्ने हुन्छ । त्यसैले नवनिर्माणको तुलनामा पुनर्निर्माणमा केही ढिलाइ अवश्य हुन्छ,” सचिव कार्कीले भने ।

बैठकमा सांसद खिमकुमार विकले पुनर्निर्माणमा भएका उपलब्धीहरुले आशा जगाएको भन्दै भूकम्पपछिको चुनौतीलाई अवसरका रुपमा लिएर काम गरिरहेको बताए । सांसद महेशकुमार महराले पुनर्निर्माणका प्रगति राम्रो भएको टिप्पणी गर्दै भूमीहिन र सुकुम्बासीका मुद्दाहरुलाई सम्बोधन गरेर अघि बढ्न सुझाव दिए ।

बैठकमा सहभागी अर्का सांसद चक्रप्रसाद स्नेहीले निकै जटिलताबीच पनि पुनर्निर्माण अघि बढेको टिप्पणी गर्दै अझ तीव्रताका साथ काम गर्न आग्रह गरे । सांसद रमेशजङ्ग रायमाझीले कतिपय एकीकृत बस्ती गाउँमैत्री नभएको टिप्पणी गर्दै गाईवस्तु पाल्ने ठाउँ नराखिएकोमा आलोचना गरे ।

सांसद रायमाझीले उपभोक्ता समितिमार्फत गरिने पुनर्निर्माणमा अनियमितता हुनसक्नेतर्फ प्राधिकरणको ध्यानाकर्षणसमेत गराए । सांसद डा. बिमला राई पौड्यालले पछिल्लो समयमा प्राधिकरणले गरेका कार्यहरुले पुनर्निर्माणमा आशा जगाएको बताइन् ।

“भौतिक संरचनाहरुको पुनर्निर्माणमा राम्रो प्रगति भएको छ । जीविकोपार्जनका थप कार्यक्रमहरु सञ्चालन गर्न म आग्रह गर्दछु,” सांसद राईले भनिन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC