site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 धनगढी विमानस्थल पुनः सञ्चालन
Ghorahi CementGhorahi Cement

कैलाली । धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा आजबाट जहाजको उडान र अवतरण पुनः सुरू भएको छ । 

धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो । विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको एक हजार ८०० मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्ग स्तरोन्नतिको काम पूरा भएको बताए । बाँकी नौ सय मिटर धावनमार्गको स्तरोन्नतिको काम असार १ गतेदेखि रातिको समयमा गर्ने तयारी गरिएको छ । 

Agni Group

 “जेठ २९ देखि ३२ गतेसम्म बिहानदेखि बेलुकासम्म जहाजको उडान र अवतरण गर्न दिइने छ”, बुढथापाले भने, “असार १ गतेबाट भने बिहान ८:३० देखि बेलुका ४ बजेसम्म उडान र अवतरण गर्न दिई रातिको समयमा मर्मत सम्भारको काम जारी रहने छ ।” विमानस्थलमा पार्किङ क्षेत्रको विस्तार एवं स्तरोन्नतिको काम पनि थालिएको छ । 

पार्किङ क्षेत्रमा दुई वटा जहाज एकैसाथ अड्याउने व्यवस्था रहेकोमा एकैसाथ चार वटा पार्किङ गर्न सकिने गरी विस्तारकार्य थालिएको हो । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल हो । सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ— धनगढी—काठमाडौँसम्मको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थल हो ।

Global Ime bank

 झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङक्षेत्र निर्माण एवं स्तरोन्नति गर्न विभिन्न तीन निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको थियो । यो विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाईसेवा उपलब्ध गराइरहेको छ । 

यस्तै निजी क्षेत्रको बुद्ध र श्री एअरलायन्सले काठमाडौँ—धनगढी—काठमाडौँका लागि दैनिक चार उडान गर्दै आएका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC