site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रिदमको चित्रकला : आफू सिक्यो अनि अरुलाई सिकायो
Sarbottam CementSarbottam Cement

विराटनगर । रिदम साह फुर्सदको समय खेर फाल्दैनन् । मौकाको सदुपयोग गर्छन । उनी चित्रकारितामा निपूण छन् । तर, बिदाका बेला भने बालबालिकालाई ‘स्केच र चित्र’ कोर्न सिकाउँछन् । भन्छन्,‘‘जानेको कला आफूजस्तै विद्यार्थीलाई सिकाउँछु ।’’ बिदामा घुमेर रमाइलो गर्नु र घुमफिर गर्नुभन्दा केही न केही सिप सिक्नु राम्रो भएको बताउँछन् । रिदम विराटनगरको आदर्श विद्यालयका छात्र हुन ।

रिदमले बुधबार सत्यनारायण माविका कक्षा-६ देखि कक्षा-८ सम्मका २३ बालबालिकालाई स्केच र चित्र कोर्ने अभ्यास गराए । विद्यालय प्रशासनले उनको प्रतिभाको सम्मान गर्‍यो । अभ्यस गर्न चाहिने कक्षाकोठा, प्रोजेक्टर र चाहिने सामग्रीकालागि रकम उपलब्ध गराई दियो । उनले भने,‘‘अहिलेसम्म मैंले यस्तो कार्यक्रम गरेको सबैभन्दा उत्कृष्ट विद्यालय मध्येको सत्यनारायण मावि पनि लाग्यो ।’’ रिदमले यसअघि पनि विद्यार्थीलाई स्केच गर्न सिकाएका थिए । 

उनी आदर्श विद्यालयको विज्ञान संकायमा दश जोड दुईमा कम्प्युटर विज्ञान लिएर अध्ययन गरिरहेका छन् । एघारको अन्तिम परीक्षा सकिएपछिको एक महिनाको बिदामा रिदम घरमा नबसी विद्यालय-विद्यालय पुगेर बालबालिकालाई जानेको सिप र ज्ञान बाँडिरहेका छन् । यसपछि कान्तिपुर उच्च मावि, देवकोटा मावि र युरो किड्सलगायतका विद्यालयमा नानीबाबुलाई कुची (चित्र) कोर्ने कला सिकाउने रिदमले बताए । ‘‘म आफैँ पनि विद्यालयहरुमा पुगि प्रस्ताव राख्छु,’’छात्र रिदमले भने,‘‘थाहा पाएर विद्यालयहरुले पनि पहल गर्छन् ।’’

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) पछिको फूर्सदको अवधिमा महानगरका सरकारी विद्यालयमा पुगि बालबालिकालाई चित्र एवं स्केच कोर्ने प्रशिक्षण दिएका थिए । उनले त्यतिबेला एक महिनामा ८ सयभन्दा भन्दा बढी नानीबाबुलाई सहज एवं सरल ढंगले चित्र बनाउने ज्ञान दिएका थिए । 

Global Ime bank

रिदमले यो अभियानलाई ‘चित्र र स्केच कोर्न सिकौं,’नाम दिएका छन् । उनी यहि अभियानकै कारण गत वर्ष मुलुकभरिका २० वर्ष मुनिका २० उत्कृष्ट बालबालिकामा पर्न सफल भई काठमाडौंमा सम्मानित भएका थिए । शिशु कक्षादेखि चित्र-स्केच कलामा रुची भएका रिदमले टीभी कार्यक्रम र युट्यूब हेर्दै स्वअभ्यास गरी बनाउन सिकेका हुन् । कक्षा २ मा पढ्दादेखि कक्षा-१० सम्म रिदमको पत्रपत्रिकामा ६० चित्र र सय जति लेख प्रकाशित भइसकेका छन् । 

उनले अध्ययनबाट समय मिलेका बेला नानीबाबुलाई सिकाइ रहने बताए । १९ असारदेखि १२ कक्षाको पढाइ सुरू भएपनि साउनसम्म बालबालिकालाई समय निकालेर सिकाउने रिदमले बताए । छात्र रिदमलाई हाल अरनिको उच्च माविको विज्ञान संकायमा दश जोड दुईमा अध्ययनरत पूर्व सहपाठी विकास यादवले यस कार्यक्रमको व्यवस्थापनमा सहयोग गरिरहेका छन् । 
‘‘बच्चाबुच्चीलाई रचनात्मक क्रियाक्लापमा समेत लाग्न प्रेरित गर्न खोजेका हौं,’’छात्र रिदमले भने,‘‘प्रतिभा भएपनि माहोल र मार्गदर्शन नपाउ“दा बालबालिका पछि परिरहेका हुन्छन् ।’’

उनले यस अभियानको युट्यूब भिडियो समेत बनाइ सामाजिक सञ्जाल मार्फत जनसम्पर्क गरिरहेका हुन्छन् । आदर्श विद्यालयका प्राचार्य तुलसीप्रसाद दुलालले रिदमको उमेरका छात्रले गरिहेको यो निकै फरक, प्रेरणादायी र प्रशंसनीय कार्य भएको बताए । 

३-४ घण्टाको कक्षामा चित्र कसरी सुरु गर्ने र चित्रका ध्यान दिनुपर्ने भागका बारेमा आधारभूत ज्ञान दिने गरिन्छ । पछि सामाजिक  सञ्जालबाट पनि बालबालिकालाई सहयोग गरिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC