site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारत-पाकिस्तान आमनेसामने, क्रिकेट म्याच कि अर्थोकै केही !
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्व कप क्रिकेट २०१९को सबैभन्दा रोचक दिन आजै हो । किनकि, आज आइतबार पाकिस्तान र भारत आमनेसामने हुँदैछन् । राजनीतिक रुपमा यी दुई छिमेकीबीचको सम्बन्ध निकै चिसिएको छ ।

पछिल्लो पटक काश्मिरमा भएको अप्रिय घटनाले यी दुई देशको सम्बन्ध शङ्कामा चलेको छ । शुक्रबार किर्गिस्तानको बिस्केकमा भएको सङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी इमरान खान भेट हुँदा हातसमेत मिलाएनन् । यस्ता चिसिँदा घटनाक्रमले विश्व कप खेलमा पार्न सक्ने प्रभावका कारण पनि भारत–पाकिस्तानको यस पटकको खेल निकै रोमाञ्चक मानिएको छ । 

भारत–पाकिस्तानबीच क्रिकेट प्रतियोगिता कुनै विश्वकप हो, या अन्य कुनै प्रतिष्पर्धा ? यी दुई देशबीचको खेलमा यिनका प्रशंसकहरुले नतिजालाई आधार मान्दै हार्नेलाई भिलेन र जित्नेलाई हिरो मान्नेछन्, त्यो पनि लामो समयसम्म । 

Prabhu Bank
Agni Group
NIC Asia

वर्षाको डर

यो एउटा रोमाञ्चक म्याच हो । त्यसका निम्ति मञ्च पनि तयार भइसकेको छ । र, प्रशंसक या दर्शक उक्त म्याच हेर्नका लागि धैर्य गरिरहेका छन् । यतिखेर यी क्रिकेटप्रेमीहरुलाई एउटा डरले सताउन थालेको छ । आजको म्याचलाई कहीँ पानी परेर नरोकिदेओस् ! यसअघिका केही म्याच पानीका कारण रोकिइसकेकाले पनि यो आशङ्का जीवित रहन पुगेको हो । 

Global Ime bank

यस पटकको चार वटा म्याचमा पानीले असर गरिसकेको छ । भारत र न्युजिल्यान्डको म्याच पानीका कारण रोकिएको थियो । भारत–पाकिस्तान म्याचको अघिल्लो दिन अर्थात् शनिबार ठूलो वर्षा भयो । अहिले पिचलाई पूरै कभरले छोपिएको छ । 

मौसमले साथ दिएमा आज आइतबार पुनः दुई देशबीचको खेल हुनेछ र कोही भिलेन त कोही हिरो बन्न पाउनेछन् । खेलाडीका निम्ति हरेक म्याच उत्तिकै महत्वको हुन्छ । तर यो म्याच भने विशेष हुन पुगेको छ । काश्मिरको पुलवामा हमलापछि भारतले पाकिस्तानसँग कुनै पनि क्रिकेट म्याच खेल्न हुन्न भन्ने आवाज उठिरहेको थियो । विश्वकप पनि खेल्न हुन्न भन्ने आवाज थियो । विश्वकप जतिजति नजिक आउँदै गयो, उतिउति बहिष्कारको नारा फितलो हुँदै गयो र दुर्ई देश आमनेसामनेका निम्ति तयार भए ।  

भारतीय फ्यानहरु चाहन्छन्, टिम इन्डियाले पाकिस्तानविरुद्ध आफ्नो शतप्रतिशत रेकर्ड कायम राख्नुपर्छ । भारतले अहिलेसम्म पाकिस्तानसँग ६ वटा विश्वकप खेल्यो र सबैमा जित हात पार्यो । यस पटकको म्याचलाई लिएर सोसल मिडियामा निकै चर्चा चलिरहेको छ । दुवै देशका प्रशंसकहरुका निम्ति यो म्याच अहम् बन्न पुगेको छ । आजको म्याचको टिकेट ब्ल्याकमा समेत बिक्री भइरहेको बताइएको छ ।  

विगत हेर्दा भारतले पाकिस्तानविरुद्ध एकतर्फी जित हासिल गरेको छ । खेल हो, सधैं एउटै नतिजा आउँछ नै भन्न सकिन्न । भारतका शिखर धवन चोटग्रस्त भएका कारण टिम इन्डियाले ओपनिङ र मिडल अर्डरमा परिवर्तन गर्नुपरेको छ । केएल राहुलले ओपनिङ गर्ने भएका छन् । रोहित शर्मा र राहुलले कहिल्यै पनि वान डेमा एकसाथ ओपनिङ गरेका छैनन् । आजको दबाबयुक्त म्याचमा यो नयाँ जोडी कत्तिको जम्ला, हेर्न बाँकी नै छ । पाकिस्तानी मोहम्मद आमिर र वहाब रियाजको खेल कौशलका अघिल्त्तिर राहुल–शर्माको जोडीको परीक्षा आजै हुनेछ । 

दुई देशबीच कुशल सम्बन्ध बनोस् र युद्धका बाछिटा बन्द होऊन् भनी कामना गर्ने देशको कमी पनि छैन । खेल होस् या अन्य कुनै साङ्गठनिक कार्य, भारत–पाकिस्तानबीच सम्बन्ध सुमधुर बनोस् भन्ने चाहना धेरैको रहँदै आएको छ । खेल कूटनीतिले पनि दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्ने कतिपय खेल विश्लेषक बताउँछन् । भारत–पाकिस्तान दुवै सम्मिलित दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन लामो समयदेखि हुन सकिरहेको छैन । भारत–पाकिस्तानबीच चिसिँदो सम्बन्धकै कारण सार्क मृतप्रायः हुन पुगेको हो ।

सार्कलाई लिएर नेपाललगायत यसका अन्य सदस्य मुलुक निकै चिन्तित हुन पुगेका छन् । यी दुवै देश सदस्य रहेको एससीओको हालै सम्पन्न शिखर सम्मेलनले पनि सम्बन्ध सुधार्न नसकेकोमा चिन्ता थपिएको छ । हेरौं, यस पटकको विश्वकप क्रिकेटले दुई देशको सम्बन्धलाई थोरै भए पनि सुधार्ला कि ! 

भारतका सम्भावित ११

रोहित शर्मा, केएल राहुल, विराट कोहली (कप्तान), विजय शङ्कर, महेन्द्र सिंह धोनी, केदार जाधव, हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार, कुलदीप यादव, यजुवेन्द्र चहल र जसप्रित बुमराह

पाकिस्तानका सम्भावित ११

इमाम उल हक, फखर जमाँ, बाबर आजम, मोहम्मद हफिज, सरफराज अहमद (कप्तान), सोयब मलिक, आसिफ अली, हसन अली, बहाव रियाज, सादाब खान र मोहम्मद आमिर

(एजेन्सीको सहयोगमा)  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC