बीबीसी । विश्व कप क्रिकेट २०१९ अन्तर्गत आज भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल हुँदैछ । ओल्ड ट्राफोर्ड मैदानमा हुनेछ । खेल हुनुअघि पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान इन्जमाम उल हकले भारत र पाकिस्तान दुवैै टोली यस विश्व कपमा बलियो नै भएको बताएका छन् ।
“समग्रमा दुवै टोली बलियो नै छन्, विश्वकपको इतिहास हेर्ने हो भने भारत पाकिस्तान भन्दा बलियो देखिएको छ । त्यसैले यो टोलीले जित्छ भनेर पहिले नै भन्न सकिने अवस्था भने छैन । दुवै टोलीको जित र हार आजको खेलमा निर्भर हुनेछ,” उनले भने, “बलिङको कुरा गर्ने हो भने पाकिस्तान भारत भन्दा धेरै माथिल्लो स्तरमा छ । तर, भारतीय टोलीको ब्याटिङ पाकिस्तान भन्दा धेरै राम्रो छ,” इन्जमामले भने ।
विश्वकप २०१९ मा तीन खेलमा २ जित र एक खेलमा अंक बाँडेको भारतको ५ अंक रहेको छ । यता, ४ खेलमा १ जित, २ हार र १ बराबरी खेलेको पाकिस्तानले ३ अंक जोडेको छ । “भारको टोली राम्रो फर्ममा छ, तर, पाकिस्तानको टोली पनि कमजोर भने छैन । त्यसैले आजको खेलको पर्खाइमा छु । मलाई लाग्छ यो खेल पाकिस्तानले जित्छ,” इन्जमामले भने ।