खेल
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भारतका रोहित शर्माले अर्धशतक पूरा गरेका छन् ।
ओपनरमा आएका उनले ३५ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ५० रन बनाएका हुन् ।
रोहितको एकदिवसीय क्रिकेटमा उनको यो ४३ औँ अर्धशतक हो । सुरुआती पाँच ओभरको समाप्तिमा मध्यम सुरुवात गरेको भारतले त्यस पछि राम्रो सुरूवात गरेको थियो ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६ १६:११
प्रतिक्रिया दिनुहोस्