site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुठी विधेयकको विवाद सुल्झाउन प्रधानमन्त्रीको सक्रियता
Ghorahi CementGhorahi Cement

काठमाडौं । युरोप भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद गुठी विधेयक सुल्झाउन सक्रियता बढाएका छन् । काठमाडौं उत्रिएलगत्तै सरोकारवालासँग अनौपचारिक छलफल बढाएका प्रधानमन्त्री ओलीले सोमबार (आज) उपत्यकाका सांसदसहित निर्वाचित जनप्रतिनिधिहरूलाई छलफलका लागि बोलाएका छन् । यद्यपि विधेयक फिर्ता लिने–नलिने विषयमा प्रधानमन्त्री निष्कर्षमा पुगिसकेका छैनन् ।

आज बिहानमात्रै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालसँग पनि कुराकानी गरेका थिए । प्रधानमन्त्रीले विधेयकका बारेमा सरोकारवालाले उठाएका कुराबारे मन्त्रीसँग ब्रिफिङ लिएका थिए ।

Agni Group

“प्रधानमन्त्रीले सबै पक्षका कुरा सुनिरहनुभएको छ । तर, विधेयकमा सरकारको धारणा सुन्दै नसुनी एकतर्फी विरोधमात्रै भयो । सरकारले सरोकारवालाको कुरा सुन्दै नसुनेको जस्तो गरियो,” प्रधानमन्त्रीको सचिवालयले बाह्रखरीसँग भन्यो ।

प्रधानमन्त्रीले दिउँसो ३ बजे छलफलका लागि बोलाएको काठमाडौं–७ का सांसद रामवीर मानन्धरले जानकारी दिए । उनले आफूहरु विधेयक फिर्ताको पक्षमा अविचलित रहेको बताउँदै प्रधानमन्त्रीसँगको भेटमा सोही कुरा राख्ने जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC