site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अबदेखि राजस्व अनुसन्धानको चेकपोस्ट नरहने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ आर्थिक वर्षदेखि राजस्व अनुसन्धानको चेकपोस्ट नरहने भएको छ । आन्तरिक उत्पादनको परिवहनमा रहेको राजस्व चुहावट नियन्त्रण गर्न परिवहनको शृङखलालाई ट्र्याकिङ प्रणालीमा आवद्ध गरिने भएपछि चेकपोस्ट हट्ने भएको हो । यसअघि आन्तरिक उत्पादनको परिवहनमा रहेको राजस्व चुहावट नियन्त्रण राजस्व अनुसन्धान चेकपोस्टका माध्यमबाट गरिँदै आएको थियो ।

राजस्व अनुसन्धान विभागले यसका लागि मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ओसारप्रसार गर्नुपूर्व वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गराएरमात्र ओसारप्रसार गर्नुपर्ने व्यवस्था मिलाएको छ । राजस्व अनुसन्धान विभागले निर्माण गरेको नयाँ सफ्टवेयर प्रणालीले ढुवानीकर्ताको कुन समान कहाँ पुग्यो र कति पुग्यो भन्ने विषय वेभबाटै ट्र्याकिङ गर्न सक्छ । राजस्व अनुसन्धान विभागले भेइकल एन्ड कन्साइनमेन्ट सिस्टम निर्माण गरेर आन्तरिक ओसारप्रसारलाई अझै व्यवस्थित बनाउने र वैध व्यापार सहजीकरणको दाबी गरेको हो ।

आन्तरिक ओसारप्रसार ट्र्याक गर्ने व्यवस्था सरकार आगामी आवको बजेटमा उल्लेख गरेको थियो । बजेट वक्तव्यको शीर्षक ३ सय २१ मा    ‘चोरी निकासी पैठारी र आन्तरिक उत्पादनको परिवहनमा हुने विचलनलाई न्यूनीकरण गरी राजस्व चुहावट नियन्त्रण गर्न उत्पादन, परिवहन र बिक्रीसम्मको शृंखलालाई ट्रयाकिङ प्रणालीमा आबद्ध  गरिने’ उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो व्यवस्था आगामी आर्थिक वर्ष (२०७६ साउन १) देखि कार्यान्वयनमा आउनेछ । यसका लागि विभागले आइतबार (असार १ गते) देखि परीक्षणको सुरु गरिसकेको छ ।

नयाँ व्यवस्था आएसँगै अब वेभमा आधारित केन्द्रीय सुचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्नेछ । परिवहनमा राजस्व चुहावट नियन्त्रणका लागि ल्याइएको यो प्रणालीलाई ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम’ नाम दिइएको छ । चोरी निकासी पैठारी तथा राजस्व छली नियन्त्रण गर्न आन्तरिक उत्पादनको परिवहन समेतलाई ट्रयाकिङ प्रणालीमा आवद्ध गरिएको हो ।

Global Ime bank

यो प्रणालीले अहिले राजस्व संकलन गरिरहेको अन्य पद्धति वा प्रणालीलाई विस्थापित नगर्ने विभागका महानिर्देश दीर्घराज मैनालीले बताए । प्रणाली राजपत्रमा प्रकाशित भएपछि मात्र यो कार्यान्वयन हुनेछ ।

यो प्रणाली कर्यानवयनमा आएपछि आन्तरिक ओसारप्रसार निर्वाध रुपमा हुने, सिस्टमबाट बिलबिजकको कपी बुझाउने झन्झटबाट मुक्त हुने तथा ट्रान्सपोर्ट कम्पनीको मेनफेस्टो प्रणालीबाटै जेनेरेट गर्न सकिने छ । यस प्रणाली कार्यान्वयनमा आएपछि मालधनीले आफ्नो मालवस्तुको मात्र जिम्मेवारी बहन गरे पुग्ने छ ।
आर्थिक कारोबार तथा ढुवानीलाई पारदर्शी र भरपर्दो बनाउन यस्तो प्रणाली विकास गरिएको विभागले दाबी गरेको छ ।

यसरी प्रविष्ट नगरी मालसामान ढुवानी गरे पहिलोपटक ५० हजार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । र, पछि पनि यस्तो काम दोहोर्याए १ लाख जरिवाना तथा छानबिन अनुसन्धान हुने कानुनी व्यवस्था रहेको मैनालीले बताए । यो सेवा ढुवानीकर्ताले निःशुल्क रूपमा लिन सक्नेछन् । महानिर्देशक दीर्घराज मैनालीका अनुसार यो व्यवस्ता व्यवसायीसँग छलफल गरेरै ल्याइएको हो ।

सिस्टमले वैध व्यापारलाई सहज र अवैध व्यापारलाई नियन्त्रण गर्ने विभागको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC