site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गुठी विधेयक तत्काल फिर्ता लिन नेकपा प्रतिनिधिहरुको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सम्बन्धमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल गर्ने आश्वासन दिएका छन् । उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसद, प्रदेशसभा सदस्य, मेयर र वडाध्यक्षलगायतसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वासन दिएका हुन् ।
“पार्टीमा छलफल गरेर सरकारले आवश्यक निर्णय लिन्छ भन्ने प्रधानमन्त्रीको धारणा थियो,” प्रेस सल्लाहकार कुन्दन अर्यालले भने ।

अधिकांश प्रतिनिधिहरुले गुठी सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका थिए । प्रधानमन्त्रीले उपत्यकाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसँग तीनघण्टा छलफल गरेका थिए । प्रतिनिधिहरुले पनि तत्काल फिर्ता लिएर सबै पक्षसँगको छलफलपछि अर्को विधेयक ल्याउन सुझाव दिएका थिए । यसैबीच नेकपाका नेता माधवकुमार नेपालले ४ गते काठमाडौंमा प्रदर्शन गर्ने भनिएको आन्दोलन थेग्न नसकिने भन्दै तत्काल फिर्ता लिन सुझाव दिएको उनी निकट स्रोतले जानकारी दियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेता नेपालले पनि सोमबारै उपत्यकाबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्रीसँगको छलफलमा १५ जना प्रतिनिधिले आ–आफ्नो धारणा राखेका थिए । नेकपा नेतृ पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठलगायतले तत्काल फिर्ता लिन सुझाव दिएका थिए भने दुईजनाले यसैलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा राखेको स्रोतले जानकारी दियो ।

महेश बस्नेत र विद्यासुन्दर शाक्यले यही विधेयकलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा राखेको स्रोतले जानकारी दियो ।

Global Ime bank

तस्बिरः विष्णु रिमालको ट्विटरबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २, २०७६  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC