site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिजिटल एडिक्सन, नशाभन्दा खतरा
Ghorahi CementGhorahi Cement

काठमाडौं । कुरा बालबालिकाको मात्रै होइन । पछिल्लो समय वयस्क पनि इलेक्ट्रोनिक ग्याजेट्सको लतको सिकार भएका छन् । जुनसुकै बेला तिनको टाउको भुइँतिर झुकिरहेको हुन्छ । यस्तो लत जति वास्तविक भएको छ, उत्ति नै खतरनाक पनि बन्दै गएको मनोचिकित्सकहरुको भनाइ छ । यो लागूपदार्थको नशाभन्दा पनि हानिकारक बन्दै गएको उनीहरु बताउँछन् ।

लतमा परेको पहिला आफैं महसुस गर्नुस्

Agni Group

डिजिटल लतबारे सबैभन्दा पहिला यसका प्रयोगकर्ताले महसुस गर्नपर्छ कि आफूमा यस्तो आदत वृद्धि हुँदे गएको छ । यसलाई मैले घटाउनुपर्छ भन्ने बोध आफैंले नगरेसम्म लतमा सुधार आउन मुश्किल पर्छ । लगातार ६ घण्टा पबजी खेल्ने एक विद्यार्थी हर्टएट्याक भएर मृत्यु भएको समाचार केही समयअघि छिमेकी भारतका मिडियामा आएकै हो । 

एउटा मान्छेको जीवनमा विभिन्नखाले काम गर्नु आवश्यक पर्छ । घरभित्रको काम, बाहिर मनोरञ्जन, सामाजिक व्यस्तताजस्ता जिम्मेवारीलाई सन्तुलित ढङ्गमा अघि बढाउनुपर्छ । साथै, पर्याप्त निद्रा पनि अत्यावश्यक छ । चाहे सामाजिक कार्य होस् या अन्य मनोरञ्जन र निद्राका कुरा वयस्कले बढी सचेतता अपनाउनुपर्छ । यसकारण पनि वयस्कहरुले विस्तारै डिजिटल आदतमा कमी ल्याउनुपर्छ । 

Global Ime bank

साप्ताहिक रुपमा कम्तीमा ४ घण्टाका दरले टेलिफोन (मोबाइल) डिजिटलसँगको सामीप्य घटाउँदै लैजानु बुद्धिमानी हुन्छ । यति गर्न सक्दा डिजिटल एडिक्सनमा कमी आउँछ र चिन्ता पनि घट्दै जान्छ ।  ग्याजेट्मा बढी ध्यान दिने मानिसले हरेक क्षण नयाँ ग्याजेटकै बारेमा सोच्ने गर्छ । यसको उपयोग गर्न नपाउँदा केके न छुटेको जस्तो महसुस गर्छ । यसको अधिक प्रयोगले मानिसलाई दैनिक जीवनबाट टाढा पुर्‍याउँछ । तपाईं सधैं स्क्रिनमा निर्भर बन्दै जानुहुन्छ । 

डिजिटल एडिक्सनमा परेका मानिसले साथीभाइ, आफन्त वा परिवारको कुरै छाडौं, आफैंलाई पनि कम महत्व दिन थाल्छ । उसले समाज, परिवार, साथीभाइसँग बोल्न नै कम गर्छ । कतिपय अवस्थामा त नियमित काममै जाँदैन । विशेषगरी यस्तो आदतमा परेका वयस्क वा उमेर पाकेका व्यक्ति बढी समस्यामा हुन्छन् । तिनले आफ्ना बालबच्चा र जिम्मेवारी पूरा गर्न सक्दैनन् । यसले समाज र परिवारमै विखण्डन ल्याउने सम्भावना बढाइदिन्छ । 
(नवभारत टाइम्समा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  ०६:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC