site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंमा गर्मी बढेसँगै झाडापखाला र टाइफाइडका बिरामी बढे 
Sarbottam CementSarbottam Cement

काठमाडौ । पछिल्लो केहीसमय यता बढेको गर्मीका कारण मौसमी रोगका बिरामी बढेको चिकित्सकहरुले बताएका छन् । काठमाडौंका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र पाटन अस्पतालमा गर्मीका कारण देखिने रुघाखोकी, झाडापखाला, टाइफाइड र जन्डिसलगायतका रोगका बिरामी बढेको चिकित्सकहरुले बताएका हुन् ।
 
वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरेले पछिल्लो केही दिन यता घाँटी दुख्ने, पखाला, ज्वरो, जन्डिसलगायतका समस्या लिएर बिरामीहरु आइरहेका बताए । “दुषित पानी र खानेकुराका कारण मानिसमा देखिने झाडापखला, बान्ता, टाईफाईडका लगातयका समस्या लिएर आउने बिरामीको संख्या बढेको छ,”उनले भने, “अस्पतालको जनरल बहिरंग सेवामा आउने बिरामीमा करिब १५ प्रतिशतमा गर्मीका कारण देखिएका समस्याका बिरामी आउने गरेका छन् ।” 

गर्मीको मौसममा सकेसम्म घरबाहिर नखाने र पानी उमालेर या शुद्धिकरण गरेर मात्र पिउने, सलाद राम्रोसँग पखालेर खाने र व्यक्तिगत सफाइमा ध्यान दिएमा यो रोगबाट बच्न सकिने डा. गैरेको सुझाव छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी, काठमाडौंको निजामति अस्पतालमा बहिरंग सेवा लिन आउनेमा कुल बिरामीको ५० प्रतिशत झाडापखाला र ज्वरोका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा पनि केही दिन यता झाडापखाला र टाइफाइडको बिरामी बढेको अस्पतालको प्रशासनले जनाएको छ । बढ्दो गर्मी र दूषित पानी, सफाइको अभाव तथा दूषित खानाको कारणले गर्मीमा देखिने यी रोगहरु थप बढ्ने क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक औसत १५ जना ज्वरो र पखालाका बिरामी आउने गरेको अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले बताए । गर्मी बढ्नुका साथै खानेकुरा र खानेपानीको शुद्धतामा ध्यान नदिँदा ज्वरो, घाँटी दुख्ने, रुघाखोकीको समस्या देखिएको छ,”उनले भने,  “हामीले जारको पानी शुद्ध हुन्छ भनेर नउमाली खाने गर्छौ तर गत बर्ष जारका पानी सेवन गर्नेहरुमा झाडापखला र टाईफाईडको समस्या देखिएको छ ।”

Global Ime bank

कतिपय होटेल र रेष्टुराँले कम पानी खपत गर्ने क्रममा राम्रोसँग सलाद नपखाल्ने र भाँडा सफा नगर्ने कारणले पनि घरबाहिर खानेहरुमा रोगको संक्रमण भएको देखिन्छ । त्यसकारण यो मौसममा घर बाहिरको खानेकुरा नखानु नै राम्रो हुने डा. पुनले बताए ।

काठमाडौंमा वर्षेनी यो रोग दूषित पानी र दूषित खानाकै कारणले हुने गरेको मौसममा झाडापखाला, ज्वरो, घाँटी दुख्ने र रुघाखोकीको समस्या देखिने गरेको चिकित्सकहरुको भनाई छ । यो मौसममा विशेष गरी पानी, खाना र सफाइमा बढी सचेत हुनु चिकित्सक सुझाउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १६:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC