आइएमई बन्यो नेपाल लोक स्टारको मुख्य प्रायोजक

आइएमई बन्यो नेपाल लोक स्टारको मुख्य प्रायोजक

काठमाडौं । नेपाल लोक स्टारलाई आइएमईले मुख्य प्रायोजन गरेको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच आइएमईका प्रमुख कायकारी अधिकृत सुमन पोखरेल र एडप्याड मिडियाका अध्यक्ष सुदिप थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार आइएमई २ वर्षसम्म नेपाल लोकस्टारको मुख्य प्रायोजक रहने छ भने अबदेखि यस रियालिटि शोको नाम आइएमई नेपाल लोक स्टार रहने बताइएको छ ।

आइएमई नेपाल लोक स्टार नेपालकै सबभन्दा ठूलो रियालिटि शो रहेको दाबी गरिएको छ । कुल १० करोड रुपैयाँ लगानी रहेको यस कार्यक्रमको विजेतालाई ५० लाख रुपैयाँ, दास्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १० लाख रुपैयाँ नगद पुरस्का प्रदान गरिनेछ । यसका साथै तीनैजना विजेताले एल्मबको कन्ट्र्याक्ट पनि पाउनेछन् ।

कार्यक्रमको मेगा अडिसनसम्मको सुटिङ सम्पन्न भइसकेको छ । आइएमई नेपाल लोक स्टार असार १२ गतेदेखि प्रशारण हुनेछ ।
 

प्रतिकृया दिनुहोस
ad