site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
असार ९ र १० गते टिभीमा विदेशी च्यानल नआउने
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल केवल टेलिभिजन महासंघले यही असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म (२४ घण्टा) विज्ञापन नबज्ने विदेशी च्यानलमात्र देखाउने भएको छ । नेपालमा ‘क्लिन फिड’ लागु भए कस्तो अवस्था आउँछ भनेर देखाउन महासंघले विरोधस्वरुप यस्तो गर्न लागेको हो । 

यसरी विज्ञापनरहित च्यानलमात्र आउँदा अधिकांश विदेशी च्यानल नेपाली उपभोक्ताको टेलिभिजनमा नआउने महासंघका कार्यकारी निर्देशक राधेश्याम लेकालीले बताए । उनले सरकारले क्लिन फिडको ढिपी फिर्ता नलिए तालाचाबी सरकारलाई बुझाउने पनि चेतावनी दिए । उनले भने, “भारतले क्लिन फिड भएको च्यानल नदिने भइसक्यो । हाम्रो आफ्नै स्याटेलाइट छैन । क्लिनफिड कताबाट ल्याउने ?”

Agni Group

यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई पटकपटक कुरा गर्न कोसिस गर्दा कुनै पनि प्रतिक्रिया नआएपछि केवल टेलिभिजन सञ्चालकहरु उपभोक्तालाई एकदिन विदेशी च्यानल नभएको टिभी देखाउने वाध्यतामा पुगेको उनले बताए । 

संसदमा छलफलमा रहेको विज्ञापन विधेयकमा नेपालमा प्रसारित विदेशी च्यानल अनिवार्य रुपमा विज्ञापनरहित (क्लिन फिड) हुनुपर्ने व्यवस्था छ । नेपालमा प्रसारित हुने ८५ प्रतिशत च्यानल विदेशी भएको र ती च्यानलले नेपाललाई मात्रै क्लिन फिड दिन असमर्थ भएको बताइरहँदा सरकारले यो नियम ल्याउन लागेको हो । क्लिन फिड कार्यान्वयनमा आए आम नेपाली सर्वसाधारण विदेशमा हुने विभिन्न गतिविधिबाट बञ्चित हुने सेवा प्रदायकहरुको दाबी छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC