site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैनन्ः प्रधानमन्त्री 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाए । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरे । अझ टेलिभिजनले त तपाईं भन्न बिर्सिइसकेको उनको गुनासो थियो ।

“सञ्चार जगतलाई म भन्न चाहन्छु । सञ्चार लोकतन्त्रको एउटा पिलर हो । त्यसैले राज्यको चौंथो अंग भनिन्छ,” उनले भने, “हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन । तपाईं भन्ने नेपाली शब्दको भाषै हराइसक्यो । बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी । यो त नेपाली संस्कृतिभित्र पर्दैन ।” 
आफुले यस्तो भन्दा कतिपयलाई मन नपर्ने पनि उनले बताए । स्थापित सञ्चारमाध्यमले पनि सामाजिक सञ्जाललाई पछ्याउनतिर लाग्ने हो भने कस्तो समाज सिर्जना गर्छौ भन्दै ओलीले प्रश्न गरे । 

सञ्चारमाध्यमबाट थाहा पाएँ– गुठी विधेयक फिर्ता भइसकेछ !

Prabhu Bank
Agni Group
NIC Asia

प्रधामन्त्री ओलीले गुठी विधेयक फिर्ता भएको बारे आफूले सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यसो भन्दा धेरैले आश्चर्य मानेका थिए । गुठी विधेयकबारे आइतबार उनले उपत्यकाका जनप्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए । उनले त्यहाँ पार्टी र क्याबिनेटमा छलफल गरेर निर्णय लिने बताएका थिए ।

तर, पार्टीका नेताहरू र सत्तापक्षकै सांसदहरूको दबाबपछि प्रधानमन्त्रीले मन्त्रीलाई विधेयक फिर्ता दिन निर्देशन दिएको स्रोत बताउँछ । तर, गुठी फिर्ता भएलगत्तै पत्रकार सम्मेलनमा प्रवेश गरेका प्रधानमन्त्रीले सञ्चारमाध्यमबाटै थाहा पाएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री ओलीले उपत्यकाभित्र र उपत्यकाका बाहिरको गुठीको फरक प्रकृतिको भएको र उपत्यकाबाहिरका गुठीबाट मोहीहरू पीडित रहेको बताएका थिए ।

Global Ime bank

गुठीहरू संरक्षण गर्न २०३३ सालमा स्थापना भएको गुठीले नसकेको र पटकपटक संरचना फेर्न आवाज उठेकाले सरकारले संवोधन गर्न खोजेको तर भ्रमपूर्ण प्रचार गरिएको उनको भनाइ थियो । उनले प्राधिकरण बनाएर राजगुठी र निजी गुठी मास्न लागियो भन्ने प्रचार गरेर पछाडिबाट प्रोभोक गर्ने तत्व सक्रिय रहेको बताए ।
उनले आन्दोलनको हरियो स्याउलाभित्र हरेउ देखा परेकाले मन्त्रीले विधेयक फिर्ता लिएको र आफूको दृढ समर्थन रहेको उनको भनाइ थियो ।

“लोकतान्त्रिक विरोधी शक्तिले लोकतन्त्रको जरा काट्न कैची चलाउन थालेको देखेर विधेयक फिर्ता लिइएको हो,” उनको भनाइ थियो ।

केही बुद्धिजीवी देख्दा शरम लाग्छ

प्रधानमन्त्री ओली बुद्धिजीवीप्रति फेरि असहिष्णु देखिए । पत्रकार सम्मेलनमा ओलीले बुद्धिजीवीप्रति पुनः तुस पोखे  । “मैले केही आफूलाई विद्वान भन्नेले बोलेको सुनेको छु । बोलेको सुन्दा शरम लाग्छ । संस्कृतिको रक्षा भन्ने शब्द बोलेको हुन्छ तर त्यहाँ अमर्यादा, अभद्रता, सांस्कृतिको मूल्यको अभाव देखिन्छ । मेरो आग्रह यत्तिमात्रै हो–समाजमा ममात्रै बाँच्नुपर्ने होइन । मैलेमात्रै भविष्य र परिणाम बेहोर्नुपर्ने होइन । हामी सबै परिवारमा समाजमा बाँच्नुपर्छ । आफ्ना कुरा भनौँ । र, मर्यादित बनौँ ।” 

यसअघि पनि प्रधानमन्त्री ओलीले बुद्धिजीवीलाई कोट काट्ने मुसा, फोर सीआदि उपमा दिँदै थला बसाल्ने अभिव्यक्ति दिएका थिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  ०३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC