site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अझै संसद्‍मै छ गुठी विधेयक, यसरी मात्र हुन्छ फिर्ता
Sarbottam CementSarbottam Cement

गुठी विधेयक खारेजीको माग गर्दै बुधबार सरोकारवालाले आयोजना गरेको खबरदारी सभा । तस्बिरः सरिता खड्का


काठमाडौं । चौतर्फी विरोध भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मंगलबार राष्ट्रिय सभामा दर्ता भएको ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’  फिर्ता लिने  घोषणा गरिन् । संसदमा दर्ता भएको विधेयक फिर्ता लिने संसदको आफ्नै प्रक्रिया हुन्छ । जानकारहरु संसदको प्रक्रियामा अघि बढिसकेको विधेयक मन्त्रीको घोषणाले मात्र फिर्ता नहुने बताउँछन् ।

संविधानविद् डा. विपिन अधिकारी मन्त्रीको घोषणाले मात्र विधेयक फिर्ता नहुने भन्दै त्यसका लागि प्रक्रिया पूरा गर्नुपर्ने बताउँछन् । विधेयक फिर्ता लिने मन्त्रीको घोषणा राजनीतिक भएको भन्दै उनले विधेयक संसदको क्षेत्राधिकारभित्र रहेकाले संसदीय प्रक्रियाबाट मात्रै फिर्ता हुने स्पष्ट पारे । मन्त्रीले विधेयक फिर्ता लिने घोषणा गरेपनि विधेयक फिर्ताको लागि गरिनुपर्ने संसदीय प्रक्रिया भने अघि बढेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

गत वैशाख १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अर्यालले राष्ट्रिय सभामा सो विधेयक दर्ता गराएकी थिइन् । गत जेठ ६ गते राष्ट्रिय सभामा मन्त्री अर्यालले प्रस्तुत गरेको विधेयकमाथि जेठ १३ गते राष्ट्रिय सभामा सामान्य छलफलसमेत भएको थियो । सो विधेयकमाथि ६ वटा संशोधन प्रस्ताव समेत दर्ता भएको छ ।

सो विधेयक फिर्ता लिने मन्त्री अर्यालको पत्रकार सम्मेलनतर्फ लक्षित गर्दै कांग्रेसले संसदमा रहेको  विधेयक संसदभित्रैबाट मात्र फिर्ता हुने भन्दै सरकारलाई स्मरण गराएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाले संसद बैठकमा भने, “संसद्मा प्रस्तावित विधेयक बाहिरबाट फिर्ता लिने हो ? संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले यहीँबाट फिर्ता लिने संसदीय व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि सांसद हुनुहुन्छ । उहाँलाई थाहा छैन ?”

Global Ime bank

मन्त्रालयले मंगलबार वक्तव्य जारी गर्दै ‘गुठी विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोसिस भएकोले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेश भएको विधेयक फिर्ता लिने निर्णय’ गरेको थियो ।  नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यताअनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान तथा गुठीको अधिकार संरक्षण गरी सर्वसाधारणहरुको हित कायम गर्न र गुठीको जग्गाको उत्पादकत्व बढाउने उद्देश्यले सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ पेश गरेको थियो । 

यसरी फिर्ता लिन सकिन्छ विधेयक

राष्ट्रियसभा बैठकमा आएर मन्त्रीले विधेयक फिर्ता लिनका लागि सदनसमक्ष जानकारी गराउँदै सोमाथि परेका संशोधनसमेत फिर्ता लिन आह्वान गर्नुपर्छ । विधेयक संशोधनको प्रक्रियामा गइसकेकाले त्यसमा परेको संशोधनको टुंगो लाग्नुपर्छ । संशोधनको टुंगो लागेपछि पुनः मन्त्रीले विधेयक फिर्ता लिनका लागि विधिवत् प्रक्रिया शुरु गर्न आग्रह गरेपछि विधेयक फिर्ताको लागि राष्ट्रियसभा अध्यक्षले निर्णयार्थ प्रस्तुत गर्नुपर्छ । त्यसरी सदनमा सहमति जुटेमा सर्वसम्मत र नजुटेमा बहुमतका आधारमा विधेयक फिर्ता हुने, नहुनेबारे निर्णय हुन्छ ।

विधेयक फिर्ता होइन, खारेज !

विधेयकको विरोधमा उत्रिएका उपत्यकाका गुठियारहरुले विधेयक फिर्तामात्र नभई खारेज नै हुनुपर्ने माग गरेका छन् । विधेयक खारेजीको माग गर्दै बुधबार माइतीघरमा भएको विरोध प्रदर्शनमा विधेयक खारेजीकै पक्षमा नारा लाग्यो । उनीहरुले गुठी विधेयक खारेज नभए सरकार नै खारेज गर्ने चेतावनीपूर्ण प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।

गुठी विधेयकको फिर्ता प्रक्रिया स्पष्ट भएन : राप्रपा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ४, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC