site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार कागजको खेलौना होइन, म मैदानबाटै आएको हुँ मैदान थाहा छ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही खेलो फड्को गर्ने मान्छेले गुठी विधेयकलाई लिएर समस्या सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।  बुधबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुने नियमित कार्यक्रम जनतासँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  उनले कानुन सडकले बनाउने नभइ संसद्ले बनाउने उल्लेख गर्दै सडकबाट कानुन बनाउने नजिर अब नबस्ने पनि जनाए ।

उनले जनतालाई खुन खराबामा उतार्ने र आफ्नो स्वार्थको रोटी सेक्ने अनेकथरी तत्वहरु देखिएको जनाउँदै उनीहरुलाई भ्रम परेको जनाए । उनले देशका विभिन्न निकाय पारदर्शी हुनुपर्ने तर गुठीका विषय मात्रै सार्वजनिक गर्न नहुने भन्ने कुरा नमिल्ने बताउँदै यो गुठीको समस्या नभइ केही गुठीयारको समस्या भएको बताए ।

अहिले फेरि विधेयकलाई खारेज कि फिर्ता भन्ने शब्दको खेल शुरु भएको चर्चा गर्दै प्रधानमन्त्रीले  खारेज भनेको मौजुदा केही कुरा छ भने मात्रै खारेज हुने जनाए । अहिले एक हिसाबले फिर्ता भएको र प्रक्रिया पुर्याउनका लागि मन्त्रीले संसद्मा स्वीकृति लिनुपर्ने प्रक्रिया बाँकी रहेको समेत जनाए । उनले अहिले भइरहेको चर्चा जनता अल्मल्याउने शब्दजाल भएको बताए ।  

Prabhu Bank
Agni Group
NIC Asia

उनले एक प्रसंगमा यो सरकार कागजको खेलौना हो गइहाल्छ भने झैं चर्चा गर्ने गरिएको र त्यो देखेर आफूलाई ताजुब लागेको बताउँदै यो सरकार विधिवत जनताको अभिमतबाट आएकोले केही नहुने जनाए ।  उनले आफूले यसअघिको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर चुनाव जितेको चर्चा गर्दै केपी ओली अलोकप्रिय भएपनि धैर्य गर्न र अस्थिरता ल्याउने तत्व नसल्बलाए हुन्छ भन्ने सुझाव दिएका छन् । 

उनले आफू म्युजिकल चेयरमा जस्तो टसक्क कुर्सीमा बस्न नआएको जनाउँदै मैदानबाटै आएको र मैदानबारे आफूलाई थाहा भएको जनाए । आफू चिन्ताग्रस्त हुने कुनै कुरा नभएको, पहिला जेलमा हुँदा त नभएको अहिले दुई तिहाइको सरकार चलाउँदा चिन्ताग्रस्त हुने कुरै नभएको बताए ।

Global Ime bank

संसदमा विपक्षीको मुख थुन्ने प्रयास भएको भन्ने आरोपको खण्डन गर्दै प्रधानमन्त्री ओलीले त्यो भन्दा वाहियात र अनर्गल कुरा के हुन्छ भन्ने प्रश्न उठाएका छन् । 

उनले आफूले संसद्मा बोल्नका लागि तीन दिनअघि नै सभामुखलाई भनेको, संसद चलेको बेलामा प्रधानमन्त्रीलाई बोल्न दिने चलन संसारभरी भएको र भ्रमको पर्दा आफू बोल्नासाथ हट्ने भएकोले विपक्षीमा आतंक देखिएको जनाएका छन् । प्रधानमन्त्रीपछि विपक्षी दलको नेता बोल्ने संसारभरीकै चलन भएको समेत प्रधानमन्त्रीले बताएका छन् । 

कांग्रेसका नेताहरुले आफूमात्रै मर्यादित हुनुपर्ने भनेझैं गरेको चर्चा गर्दै आफू पदमा भए त्यो पदको गरिमा हुने अरु हुँदा नहुने जस्तो गरिएको आरोप लगाए ।  ‘उहाँहरु एकैपटक बोल्नु भएको थियो कहाँ मुख थुनियो’ भन्ने प्रश्न उनले उठाएका छन् । उनले प्रधानमन्त्री बोल्न लाग्दा वेल घेर्ने शर्मनाक घटना नेपालमा गरिएको समेत जनाए ।
उनले सडकमा देखिएका गतिविधिले देशलाई अघि बढाउन मद्धत नगर्ने जनाउँदै आफू शासनमा नहुँदा केही तत्व छटपटाएको समेत प्रधानमन्त्रीले आरोप लगाएका छन् । तर जति छटपटाएपनि केही नहुने समेत उनले बताए ।

उनले विपक्षी नेता बोल्दा संसदमा प्रधानमन्त्री नगएको बारेमा मर्यादाको कुरा उठाएको प्रसंगमा आफू बोलेको बेलामा पनि देउवा कहिले सानेपा, कहिले महाराजगञ्ज र कहिले संसदीय दलको कार्यालयमा जाने गरेको आफूले बरु खबर गर्ने गरेको प्रधानमन्त्रीले बताएका छन् । प्रधानमन्त्रीको प्रश्न थियो, ‘‘उहाँले बोल्ने भनेर जानकारी गराउनु भएको थियो ? ’’ 

केही विधेयकहरु पास गर्न नदिने विपक्षी नेताले बताएको प्रसंगमा प्रधानमन्त्रीले उहाँले सकेदेखि लोकतन्त्रै चल्न नदिने र बुझाउने गरेको इतिहास भएको बताउँदै तर यसपालि उहाँको बुँताले नचल्ने समेत बताए । 

उनले आफ्नो युरोप भ्रमण अत्यन्त सफल भएको दाबी गर्दै देशको समस्या छल्न विदेश गएको भन्नु निम्छरा टिप्पणी भएको जनाए । तारानाथ शर्माले ‘बेलायततिर बरालिँदा’ भन्ने पुस्तक लेख्नुभएकोले कतिपयलाई बेलायत गएपछि बरालिन नै गएको भन्ने लागेको जनाउँदै उनले बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड जस्तो भएको समेत जनाए । 

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC