site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रधानमन्त्री केपी ओलीले आफूलाई मेलम्ची खानेपानी आयोजनाका बारेमा सही जानकारी नदिइएको खुलासा गरेकै बेला आयोजनाको कामका लागि छानिएका नयाँ ठेकेदारलाई स्थानीय ठेकेदारहरूले फर्काइदिएको समाचार सार्वजनिक भएको छ । इटालेली ठेकेदारले आफूलाई तिर्नुपर्ने रकम भुक्तानी दिन सरकारसँग माग गर्दैआएका स्थानीय ठेकेदारहरूले आफ्नो डुबेको रकम पाएपछि मात्र काम गर्न दिने भन्दै अवरोध गरेको बताइएको छ । मेलम्ची आयोजनाको मुहानमा गर्नुपर्ने कामका लागि श्रेष्ठ कन्ट्रक्सन नामको कम्पनीलाई ठेक्का दिइएको छ । स्थानीयले काममा अवरोध उत्पन्न गरेपछि नयाँ ठेकेदार कम्पनीले कामदारलाई फर्काएको छ । आयोजनाको ठेकेदार इटालियन कम्पनी सीएमसीले काम छाडेपछि सरकारले नयाँ व्यवस्था गर्न लागेको बताइएको थियो । स्थानीय ठेकेदारहरूले इटालेली कम्पनीले आफूहरूलाई काम लगाएर भुक्तानी नदिएको दाबी गरिरहेका छन् । 

मेलम्ची खानेपानी आयोजनाका इटालिएन ठेकेदारले काम छाड्नुभन्दा केही महिना पहिलेदेखि नै कतै न कतै गडबडी भइरहेका समाचार सार्वजनिक भइरहेका थिए । सरकारी पक्षले सञ्चार माध्यममा आएका सूचनालाई ग्रहण गर्नुको साटो ढाकछोप र खण्डन गरिरह्यो । मेलम्ची आयोजना सम्पन्न हुनै लाग्यो भन्नेजस्तो भ्रम पार्न सम्बन्धित मन्त्रालयका सचिवहरू नै लागे । उपराष्ट्रपतिलाई लगेर आयोजनाको सुरुङ खोलेको समारोह तामझामका साथ मनाउँदा पनि सञ्चार माध्यममा सन्देह प्रकट भएका थिए । तर, सरकारले कहिल्यै तिनमा गम्भीरता देखाएन । कर्मचारी र मन्त्रीले जनतालाई त अन्धकारमा राखेकै थिए अहिले थाहा भयो प्रधानमन्त्रीलाई पनि सही जानकारी दिइएको रहेनछ । सायद अहिले पनि  प्रधानमन्त्री ओलीलाई मेलम्ची आयोजना छिटै सम्पन्न हुने विवरण दिइएको हुनसक्छ । तर, नयाँ ठेकेदारलाई काम गर्न नदिएर पुरानाले फर्काइदिएका छन् । मेलम्ची आयोजना बहालवाला खानेपानी मन्त्रीको नेतृत्वमा सम्पन्न नहुने निष्कर्ष सञ्चार माध्यमले धेरै पहिले निकालेका थिए । सडक र सञ्चार माध्यमको कुरै नसुन्ने हठ नत्याग्दासम्म उनले सही जानकारी पाउन पनि सक्तैनन् भन्ने पुष्टि भएको छ ।

इटालेली कम्पनी सीएमसीले छाड्ने बेलातिर खानेपानी मन्त्रालयका मन्त्री र सचिवबीच मतभेद भएको समाचार सार्वजनिक भएको थियो । केही दिनपछि सचिवको सरुवा भयो । आफ्नो सरुवा भएपछि सचिवले सार्वजनिकरूपमै आफूमाथि गैरकानुनीरूपमा भुक्तानी दिन दबाब परेको खुलासा गरेका थिए ।  त्यसपछि आयोजनाले नयाँ ठेकेदारलाई काम दिएको बताइएको थियो । अहिले तिनै नयाँ ठेकेदारलाई स्थानीयहरूले अवरोध गरेर काम अगाडि बढाउन नदिएको समाचार सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले आफूलाई सही जानकारी नदिइएको कुरा सार्वजनिक खपतका लागिमात्र गरेका हैनन् भने आँखा र कान खुला राख्न पर्ने देखियो । मन्त्रीहरू र सल्लाहकारहरूले उनीहरूको स्वार्थअनरूपको जानकारीमात्र दिँदा रहेछन् भन्ने बुझ्नु उचित हुनेछ । इटालेली ठेकेदारले काम लगाएर पैसा नदिएको र सरकारले जफत गरेको घरौटीमध्येबाट आफ्नो बाँकी रकम पाउनुपर्ने स्थानीय ठेकेदारको माग सम्बोधन गर्ने प्रयास नगरी त्यहाँ बलमिच्याइँ गदा आयोजना झन् लम्मिन्छ । प्रधानमन्त्री स्वयंले अग्रसरता देखाएर स्थानीय तह र सरोकारवाला ठेकेदारसँग छलफल गरेर समस्या समाधान गर्न अग्रसरता लिनु उचित हुनेछ । जफत गरेको रकमबाट पैसा दिन मिल्दैन भने पनि उनीहरूको माग सही हो भने सरकारले कुनै न कुनै उपाय गरेर तिनको चित्त बुझाउनुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC