site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘गुठी विधेयकको औचित्य आज पनि उत्तिकै छ’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले १५ औं योजनामार्फत् मन्त्रालयले मूलतः ५ वटा विषयलाई विशेष प्राथमिकतामा राखेर सोही अनुसारका कार्यक्रम र योजना बनाई अघि बढेको स्पष्ट पारेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथि उठेका सवालको सम्बोधन गर्दै उनले १५ औं योजनाअनुसार नै मन्त्रालयले कार्यक्रम र योजनालाई प्राथमिकतामा राखेको बताएकी हुन् । 

भूमिहिन सुकुम्बारी, दलित, मुक्तकमैया, हलिया, हरुवा चरुवा, कम्लरी लगायत पिछडिएका र सिमान्तकृत वर्गको भूमि र भूमि स्रोतमा पहुँच पुर्याउने, भू–उपयोग व्यवस्थित ढंगबाट लागु गरी उत्पादकत्व र आर्थिक वृद्धि हासिल गर्ने, आधुनिक नाप नक्साका प्रविधि अबलम्बन गरि नापजाँच र भू–सूचना उत्पादन र वितरण गर्ने, जग्गा प्रशासनलाई पारदर्शी बनाई कम्प्युटर प्रणालीबाट सेवा प्रवाह सुनिश्चित गर्ने र सरकारी सार्वजनिक र गुठी जग्गाको उचित संरक्षण सम्बद्र्धन र विकास गर्ने तथा आधुनिक प्रविधियुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यसाथ मन्त्रालय अघि बढेको उनले स्पष्ट पारिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

गुठी विधेयकका सम्बन्धमा सांसदहरुबाट आएको प्रश्नका बारेमा उनले त्यसको आवश्यकता र औचित्य आज पनि उत्तिकै रहेको भएपनि तत्कालका लागि विधेयक फिर्ताको प्रक्रिया अघि बढिसकेको जानकारी गराइन् । धेरै प्रश्नहरु विषयभन्दा बाहिरका आएको भन्दै उनले भनिन्, “फेरि मन्त्रीले जवाफ दिन नसकेर गयो भन्नुहोला ।” गुठी अन्तर्गतका जग्गाको सही व्यवस्थापनको आवश्यकता आज पनि र भोलि पनि रहेको रहेको उनले स्पष्ट पारिन् । 

उनले भनिन् “गुठी विधेयक आजको विषय होइन तर पनि मैले राख्न चाहन्छु । सरकारको तर्फबाट एउटा संकल्प व्यक्त भइसकेको छ । किन आवश्यक थियो भन्ने कुरा पनि बताइएको छ । त्यो आज मात्रै होइन भोलि पनि छ । यससँग जोडिएका दुईवटा पक्षमा सरकार जतिखेर पनि संवेदनशील छ । हाम्रो धर्म संस्कृति, परम्परा, जात्रा, पर्व, मठ, मन्दिरसँग जोडिएका भावनात्मक कुरामा सरकार रत्ति पनि विचलित छैन । ”
संस्कृतिलाई कायम राख्दै त्यससँग जोडिएको विसंगितको अन्त्य गर्ने गरि गुठी विधेयक बनाई नयाँ ढंगले सरकार अघि बढेको भएपनि अहिलेका लागि स्थगित भएको उनले स्पष्ट पारिन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC