site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमार भित्र्याउने बार्सिलोनाको कसरतमा समर्थकको विरोध
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलका स्टार खेलाडी नेयमार फेरि चर्चामा छन् । कारण स्पेनिस महारथी क्लब बार्सिलोनाले यसै समर सिजनमा उनलाई भित्र्याउने कसरत पुनः गर्न थालेको छ । 

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मूल्य २२२ मिलियन युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धन भएका थिए । बार्सिलोनामा रहँदा निकै चर्चामा आएका नेयमार पीएसजीमा पुगेपछि चर्चा कम भएको थियो । चर्चा कम हुनुको कारण कहिले खेलमा उत्कृष्ट प्रदर्शन नहुनु त कहिले खेलमा चोटका कारण मैदान बाहिर रहनु हो । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी नै उनले पीएसजीमा लामो समय बिताइरहेका छन् । नेयमार पीएसजी गएयता ठूला खाले अवार्डको मनोनयनमा पनि पर्न सकेका छैनन् । २७ वर्षीय नेयमारलाई बार्सिलोनाले नयाँ सिजनअघि नै केही खेलाडीसहित रकम थपेर फर्काउन लागेको चर्चा चल्न थालेको छ । 

नेयमारलाई बार्सिलोनामा फर्काउन कप्तान लियोनल मैस्सीले नै कसरत गरिरहेको चर्चा हुन थालेको छ । बार्सिलोनाका समर्थकहरुले नेयमारलाई फर्काउने विषयमा भने फरक मत राखेका छन् । उनलाई बार्सिलोनाको घरेलु मैदानमा पुनः भित्र्याउने कुरामा स्पेनिस पत्रिका ‘मुन्डो डेपोर्टिभो’ले गरेको सर्वेक्षणमा बार्सिलोनाका धेरै समर्थकले नेयमार नभित्र्याउने विषयमा मतदान गरेका छन् । 

Global Ime bank

यदी बार्सिलोनाले नेयमारलाई घरेलु मैदानमा भित्र्याउनु परेमा उसका ठूला खेलाडीहरुलाई बेच्नु पर्ने अवस्था आउने निश्चित छ । नेयमारलाई फर्काउने विषयमा गरिएको पोलमा कूल मतदातामध्ये ७१ प्रतिशले नेयमार भित्र्याउनेको विपक्षमा मत दिएका छन् । ती समर्थकहरुले नेयमारले बार्सिलोना छाड्दा आफ्नो समर्थनमा ठेस पुगेको भन्दै नेयमारलाई नभित्र्याउने विषयमा भोटिङ गरेका हुन् । 

नेयमार हाल कोपा अमेरिकाबाट पनि बाहिर छन् । विश्वकप आयोजक राष्ट्र कतारसँग मैत्रीपूर्ण खेल खेल्ने क्रममा उनी घाइते भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC