site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मौद्रिक नीति असार अन्तिम साता
Sarbottam CementSarbottam Cement

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति असारको अन्तिम साता आउने भएको छ । नेपाल राष्ट्र बैंकले हाल तथ्यांक तथा सुझाव संकलन गरिरहेकोले नीति आउन ढिलो हुने भएको जनाएको छ ।

साधारणतया बजेट सार्वजनिक भएको एक महिनाभित्रै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गरे पनि गतवर्ष भने त्यो भएको थिएन । यो वर्ष पनि गत वर्षझैं ढिलाइ हुने केन्द्रीय बैंक स्रोतले बताएको छ । राष्ट्र बैंकले ११ महिनाको समग्र आर्थिक अवस्था हेरेर मोद्रिक नीति ल्याउने भएकाले केही ढिलो हुने भएको हो । तर, बजेट आएको करिब एक महिना बित्नै लाग्दा केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मौद्रिक नीतिको केही तयारी अझै बाँकी रहेकाले मौद्रिक नीति आउन समय लाग्ने बताइएको छ । यसो त राष्ट्र बैंकले सरोकारवालासँग सुझाव लिने क्रम जारी रोखेको छ । केन्द्रीय बैंकले सरोकारवालालाई सार्वजनिक छलफलमा बोलाएर सुझाव पनि लिनेछ ।

मौद्रिक नीतिलाई बजेटसँगै सार्वजनिक भएको वित्तीय नीतिले लिएको आर्थिक वृद्धि र स्थिरताको लक्ष्य हासिल गर्न सहायक नीतिगत व्यवस्थाको रुपमा मानिन्छ । यसलाई आगामी आवको मुद्रास्फिति सन्तुलनको औजार, तरलता, रोजगारी सिर्जना र वित्तीय स्थिरतासम्बन्धि राष्ट्रकै भावी रणनीतिका रुपमा लिने गरिन्छ ।

Global Ime bank

आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउ पुग्ने नीति ल्याउन लागिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । आयात नियन्त्रण गर्ने सरकारको कार्ययोजना अनुसार यसपालीको मौद्रिक नीतिमा केही सामग्री खरिदमा आवश्यक बैंकिङ प्रक्रियामा कडाइ गरिनेदेखि सरकारले गठन गरेको सुझाव कार्यदलको केही सुझाव कार्यन्वयन गर्ने औजार मौद्रिक नीतिमा समेटिनेछन् ।

नीतिमा बजेटमा उल्लेख भएको बिग मर्जरदेखि आन्तरिक ऋणपत्र उठाउने उपयुक्त विधि अपनाउने विषय पनि मौद्रिक नीतिमा समावेश हुनेछन् । मोद्रिक नीतिले विप्रेषणलाई वैधानिक तरिकाले नेपाल भित्र्याउने बारे ‘नयाँ एभिन्यू’ बारे पनि कुरा गर्ने केन्द्रीय बैंक स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC