site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 ढुंगाको काप फोरेर उम्रेको पिपल
Sarbottam CementSarbottam Cement

पोखरा । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश कुदिछहरालाई पोखरा क्यानोनिङ (छाँगावरोहण) बाट चिनाउने व्यक्तिको जीवनमा मेल खान्छ । क्यानोनिङ पनि ढुंगाको कापमा नै डोरी बाँधेर पानीसँग पौँठेजोरी खेल्ने काम हो । यसबाट मानिसले विस्मय, आश्चर्य, डर, त्रास, मनोरञ्जन र हर्षको भाव केही मिनेटको अन्तरालमा पाउँछन् ।

यो खेल हेर्दा जति रोमाञ्चक छ, खेल्दाको अनुभव झनै अवर्णित छ । घलेल गाउँ, घलेल गाउँको कुदीछहरा हुँदै पोखरा क्यानोनिङ । सुनसान ठाउँ, चारैतर्फ जंगल, ५० मिटर अग्लो झरना र त्यही झरनासँगै बगेको डोरी समाएर साहस प्रदर्शन गर्ने ठाउँ । साविकको ल्वाङ घलेल गाउँ विकास समितिको वडा नं. ६ को पहिचान अहिले क्यानोनिङले बदलेको छ । अहिले माछापुच्छ्रे गाउँपािलका वडा नं. ९ का बालकदेखि बच्चको मुखमा ‘क्यानोनिङ’ शब्द झुन्डिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

क्यानोनिङका संस्थापक राम गुरुङ


गाउँपालिकादेखि राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा नै पोखरा क्यानोनिङ साहसिक पर्यटनको पहिलो नम्बरमा परिचित छ । जुका लाग्ने अनकन्टार छहरालाई ‘क्यानोनिङ’ को रुपमा जीवन्त बनाउने आखिर को हुन ? जवाफ छ, राम गुरुङ ।

उनी भन्छन्, क्यानोनिङ गर्ने मान्छे ‘मर्‍यो भन्ने अवस्थामा पनि पुग्छ’ । तर, क्यानोनिङको सुरुवात पनि मर्ने अवस्थामै पुगेर सञ्चालन गरेको उनको अनुभव छ । मर्ने यसर्थमा कि यो खेल जति साहसिक छ, त्यो सञ्चालन गर्न उनले त्योभन्दा ठूलो साहस जुटाए । क्यानोनिङ जसरी भए पनि सञ्चालन गर्ने उनको अठोटले नेपाल सरकार, स्थानीय, पर्यटन व्यवसायीदेखि जुकासम्मको सामना गर्‍यो ।

Global Ime bank

तर, क्यानोनिङ सञ्चालन भने उनको पहिलो इच्छा होइन । उनको पहिलो इच्छा थियो, पोखराका तालमा वाटर स्की गर्ने ।

अधुरो स्की सपना...

गुरुङ भन्छन्, “२०१२ मा लण्डन गएको थिएँ, त्यहाँ तीन महिना बस्ने समय मिल्यो । त्यतिबेला नै त्यहाँ ओलम्पिक  चलिरहेको थियो । त्योबेला वाटरपार्क, त्यसलाई केवल स्की पनि भन्छ । त्यहाँ लण्डनमा ११ वटा थियो । जाडोका कारण छ महिना चल्ने र छ महिना रोकिने गथ्र्यो । त्यहाँको त्यो अवस्था हेर्दा मलाई के लाग्यो भने होइन, कास्कीमा यतिधेरै तालहरु लथालिङ्ग छन् । कमसेकम ती तालहरु प्रयोग गर्न पाए...।”

उनमा साेंच आयो, नेपालमा पनि वाटर स्की गरौँ । उनले सोचनन्, मात्र त्यहाँका स्की सम्बन्धित कम्पनीसँग इमेलमार्फत सम्पर्क गरे । उनीहरुले एउटा तालको नमूना मागे । गुरुङले गुगल अर्थबाट दिपाङ तालको विवरण दिए । कम्पनीले डायग्राम नै बनाएर दियो । तर, त्यो महँगो थियो, गुरुङसँग उनका साथीहरु पनि लगानी गर्न इच्छुक थिए । तीन महिने लण्डन बसाइपछि उनी नेपाल फर्के, पोखरामा वाटर स्की सञ्चालन गर्छु भन्ने सोंचका साथ ।

सोचलाई वास्तविकतामा बदल्न उनी फर्केलगत्तै पहिले त्रिपुरेश्वरको भन्सार कार्यालयमा पुगे । आवश्यक सरसामान सबै विदेशबाट नै ल्याउनुपर्ने थियो । त्यसकै बारेमा बुझ्न पुगेका उनी निराश भए । भन्सार कार्यालयले नै वाटर स्कीको बारेमा अनभिज्ञ थियो ।

त्यसपछि पर्यटन विभागको उद्योग शाखामा पुगे, आफू खेलेको, खेलको बारेमा खिचेको भिडियो दुवै देखाए । तर, त्यहाँका पदाधिकारीमा पनि वाटर स्कीको बारेमा कुनै कन्सेप्ट थिएन । अहँ, त्यहाँ पनि उनको उपलब्धी शून्य नै रह्यो । 

“मलाई त के पनि लाग्यो भने, पर्यटन क्षेत्रबाट जाने मान्छेहरु त केवल घुम्न मात्र जाने रहेछन ।

त्यो चिजलाई नेपालमा ल्याएर इम्प्लिमेन्ट गर्न सकिन्छ है, सम्भव छ है भन्नेतिर नलाग्ने रहेछन् । स्टार होटेलमा मात्रै जाने रहेछन कि कुन्नि ?”, के अप्ठ्यारो पर्‍यो ।

तर पनि, २०१२ मा दिपाङ तालको लागि निवेदन दिए । उनले निवेदन दिइनसक्दा चारवटा हाकिम फेरिए । त्यतिबेला जनप्रतिनिधी थिएनन् । सर्वदलीय संयन्त्रको भेला राखे, भिडियो प्रिजेन्टेसन पनि गरे ।

सबैले ताली बजाए, हौस्याए । सबै खुशी भएपछि उनी आफैं हौसिए र ताललाई भाडामा मागे । तर, त्यसपछि सबै पन्छिए । म निराश भएँ । उनको स्की यात्रा त्यहीँ सकियो ।

क्यानोनिङ यात्राको सुरुवात - जुकाको समस्या

स्कीको निराशा त छँदै थियो । त्यसबीचमा काठमाडौंमा उनका साथी राजेश लामासँग कुराकानी भयो ।

लामाले मार्दी हिमालको टे«किङ गरेका रहेछन् । मार्दी टे«कमा जाँदा उनले ‘कुदिछहरो’ देखेका रहेछन् । उनै लामाले एकपटक गुरुङलाई सुनाएछन्, ‘मैले मार्दी ट्रेक जाँदा यस्तो पो देखेँ भन्नुभयो, मैले सोधेँ के हुन्छ त्यहाँ ? लामाले जवाफ दिए, ‘क्यानोनिङ’ । 

त्यो नै क्यानोनिङको पहिलो पाइला थियो । लामाले भनेपछि गुरुङले क्यानोनिङको बारेमा युट्युबमा खोजे । हेरे । उनले थाहा पाए, क्यानोनिङ भन्ने यस्तो पो हुँदोरहेछ ।

क्यानोनिङ सुरुवातको संघर्षमा सुनाउँदै उनले भने, “मैले सञ्चालन गर्छु पनि भनेको थिएन, हाम्रो ठाउँमा हुन्छ भने पहल गर्नुपर्छ भनेर टानसँग अनुरोध गरे ।

त्यतिबेला अन्नपूर्ण दिवस पनि घलेल गाउँमा मनाइएको थियो । मैले त्यतिबेला के अपेक्षा राखेको थिएँ भने- यहाँ सम्भावना छ होला, हामी सहयोग गर्छौँ भन्नुहुन्छ होला भन्ने सोंचेको थिएँ, तर उहाँहरुले “जुका आउँछ, जुका आउने ठाउँमा हुँदैन’ भनिदिए । साह्रै टेन्सन बनाइदिए ।

क्यानोनिङ्  उच्चारण गर्न नजान्दा झन्झट

त्यसपछि पनि म लागेको लाग्यै गरेँ । काठमाडौंबाट राजेश लामा फेरि आए । उनैले फिजिबिलिटी स्टडी गरे, सम्भावनाका आशाहरु देखाए ।

फेरि टानसहित साविकको गाविससँग कुरा गरेँ । त्यतिबेला गाउँ परिषदले क्यानोनिङलाई सहयोग गर्ने भयो । तर, बजेट विनियोजन गर्ने बेलामा चाहिँ ‘क्यानोनिङ’ शब्द उच्चारण गर्न नजानेर अर्कै शिर्षकमा बजेट छुट्यायो । उनले नै क्यानोनिङ राख्न भने ।

 

अहिले बच्चादेखि बुढाको मुखमा क्यानोनिङ शब्द झुण्डिएको छ । गाउँ परिषदले सहयोग गर्ने भएपछि कुदिछहरामा डेमो देखाए । दुई दिन ठूलै बजार लाग्यो । तर, पनि निरन्तरता दिनु नै थियो । व्यवस्थापन गर्नुपर्थ्यो  । सुरुमा टानले नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारीहरुले एक्सप्लोर गरे ।

त्यति नै बेला अमेरिकन क्यानोनिङ एकेडेमीका फाउण्डर रिच काल्र्सन पोखरा आएका थिए । भर्खरै वामे सर्न लागेका क्यानोनिङ र अमेरिकन क्यानोनिङका फाउण्डर पोखरा आउनु उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । पोखरा झरे र काल्र्सनलाई भेटे अनि प्रस्ताव गरे, ‘लन्चको ।’

लन्च प्रस्ताव भए पनि उद्देश्य भने क्यानोनिङ देखाउनु थियो र व्यवस्थित बनाउनु नै थियो । बाटैमा पर्ने हुनाले उनले आफूहरुले डेमो देखाएको सुनाए । गाइडको समस्या रहेको उनले सुनाए ।

गुरुङले तत्कालै जवाफ दिए, ‘पाँचदिनमै सिकिन्छ ।’

काल्र्स, काठमाडौं फर्किए । यता गाइडहरुको लागि आवेदन खुल्यो । लमजुङ, सिन्धुपाल्चोकका जिल्लाबाट १६ जनाले आवेदन पनि दिए । काल्र्सनले पाँच दिनको तालिम दिने भए । तर, भाग्यले उनलाई साथ दियो, काल्र्सनले भोटेकोशीमा दिने भनिएको तालिम क्यान्सिल भयो । त्यसपछि पाँच दिनको भनिएको तालिम १० दिनसम्म चल्यो । बिगिनरदेखि एड्भान्ससम्मको तालिम उनैले दिए ।

स्थानीय गाइडले निकै मिहनत गरे । गाइडलाई सिकाइयो, क्यानोनिङमा ‘पहिलो मिस्टेक नै अन्तिम मिस्टेक’ । क्यानोनिङले गल्ती चिन्दैन । एक गल्तीले जिन्दगी नै जान्छ, पहिलोपटक हो भनेर माफी पाइँदैन ।

...र सुरु भयो पोखरा क्यानोनिङ् 

गाइड पनि भएपछि उनले लगानीकर्ता खोजे, अरुलाई नै सञ्चालन गर्न आग्रह गरे । पोखरादेखि जलवीरेसम्मका साथीहरुलाई उनले आग्रह गरे । तर, कसैले मानेनन् । आफँै कस्सिए । हजार ठक्कर खाएपछि उनी कठोर भए, र कठोर खेल पोखरा क्यानोनिङको थालनी गरे । राम्रो हुँदै गयो । फाट्टफुट्ट मान्छेहरु आउन थाले । पोखरा क्यानोनिङले पाइला चाल्न थाल्यो । ...र, पोखरा क्यानोनिङ सुरु भयो ।

पोखरादेखि नजिकै छ

३९ वर्षीय गुरुङले २०७१ वैशाखदेखि पोखरा क्यानोनिङमा पर्यटकहरुलाई स्वागत गरिरहेका छन् । साहसिक खेलमार्फत ‘नेचर र एड्भेन्चर्स’ को मज्जा लुट्न हाल दैनिक १० जना पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । ४५ मिटर र ३० मिटर लामा दुई वटा छहरामा पर्यटकहरुले क्यानोनिङ गर्न सक्छन् । 

पोखरादेखि झण्डै २३ किलोमिटर टाढा घलेल गाउँमामा बाह्यभन्दा आन्तरिक पर्यटकहरु बढी आउने गरेको उनको भनाइ छ । अहिलेसम्म त्यहाँ सात वर्षीय बालकदेखि ६२ वर्षको वृद्धालेसमेत क्यानोनिङ गरेको उनी बताउँछन् ।

व्यवस्थापनकै क्रममा रहेको पोखरा क्यानोनिङसँगै उनले लजिङ र फुडिङसहितको गेष्ट हाउस पनि सञ्चालन गरेका छन् । त्यहाँ अहिले एकपटकमा ३० जनासम्म बस्न मिल्छ भने पूर्वाधारमा एक करोडसम्म खर्चिएको उनी बताउँछन् ।

पोखराबाट नजिक भएको हुँदा एकैदिनमा फर्किन पनि सकिन्छ । तर, बस्ने गरी जाँदा प्याकेज सुविधा पनि उपलब्ध छ । गुरुङका अनुसार क्यानोनिङको लागि नेपालीलाई दुई हजार चार सय रुपैयाँ र फोटोको पाँच सय गरी दुई हजार नौ सय रुपैयाँ लिने गरिएको छ । बस्नेगरि गएको खण्डमा भने एकरातको लागि चार हजार नौ सय रुपैयाँ बुझाउनुपर्छ । विदेशीहरुले क्यानोनिङको लागि ३९ डलर र बास बसेमा ६९ डलर रुपैयाँ तिर्नुपर्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC