site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मार्फत विदेशी च्यानलहरुमा ‘क्लिन फिड’ लागु गर्ने भएपछि इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरु संगठित रुपमा नै विरोधमा उत्रिएका छन् । 

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक कम्पनीहरुले समन्वय समिति नै बनाई सरकारको तयारीको विरोध गरेका हुन् । आइतबार इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले पत्रकार सम्मेलन गरी क्लिन फिड कुनै पनि दृष्टिकोणबाट सही नभएको भन्दै त्यसको विरोध गरेको हो । क्लिन फिडले नेपाली च्यानलहरुलाई धरासायी बनाउनुको साथै भारतबाट अवैध ढंगले भारतीय डिटिएचका सेटअप बक्स भित्रिने र त्यसले प्रत्यक्ष रुपमा नेपाली च्यानलहरुलाई प्रभावित पार्ने दाबी समितिले गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले सरकारले राष्ट्रिय प्रशारण सम्बन्धी व्यवस्थामा राखिनुपर्ने प्रावधान विज्ञापन सम्बन्धी विधेयकमा राखेको र त्यसबारे सरोकारवालाई जानकारी नै नदिईएको बताए । यस किसिमको व्यवस्थाले नेपाली टेलिभिजन व्यवसाय नै धरासायी हुने उनले दाबी गरे । 

नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले क्लिन फिड दिन विदेशी च्यानलहरु तयार नभएको भन्दै यो लागु गर्न नसकिने बताए । उनले सरकारले ल्याएको क्लिन फिडको अवधारणा अनुसार विदेशी च्यानलहरु मात्र प्रशारण गर्न पाउने प्रावधानहरु अक्षरशः लागु गर्दा र्सिजना हुने अवस्थाबारे जानकारी गराउनका लागि सोमबार मध्यान्ह १२ बजे देखि २४ घण्टाका लागि लागु गर्न लागिएको पनि जानकारी गराए ।

Global Ime bank

क्लिन फिडका कारण नेपाली जनताले चाहेका च्यानलहरु हेर्न नपाउने र खुल्ला सिमानाको फाइदा उठाउने चलखेल हुने र नेपाली च्यानलको समेत दर्शकहरु घट्न गई उनीहरुको पाउने विज्ञापनमा पनि भारी गिरावट हुने भन्दै समितिले त्यसतर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । 

यसले नेपालमा सञ्चालित डिटिएच, आईपीटीभी र कम्पनीहरुले नेपाली च्यानल मात्रै देखाएर ग्राहकसँग मासिक शुल्क उठाउन नसक्ने हुँदा ती कम्पनी बन्द हुने र त्यसले अर्बौको लगानी डुब्नुका साथै हजारौँको रोजगारी गुम्ने अवस्था र्सिजना हुने जनाएको छ । नेपालमा प्रशारित विदेशी च्यानलहरु विज्ञापनरहित (क्लिन फिड) अनिवार्य हुने प्रावधान सहितको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ संसदमा छलफलको क्रममा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC