site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 भारतद्वारा अमेरिकी रिपोर्टको आलोचना
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतले अमेरिकी विदेश मन्त्रालयले भारतमा अल्पसंख्यक समुदायलाई अनियन्त्रित भीडले आक्रमण गर्ने क्रम सन् २०१८मा जारी रहेको भन्ने व्यहोराको प्रतिवेदन सार्वजनिक गरेकोमा त्यसको खण्डन गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पम्पेओले गएको शुक्रबार जारी वाशिङटनमा जारी  गरेको धार्मिक स्वतन्त्रता सम्बन्धी विश्वव्यापी रिपोर्टमा भारतको सन्दर्भमा उक्त कुरा उल्लेख गरिएको थियो । 

भारतीय विदेश प्रवक्ता रभीसकुमारले अरुले भारतका जनताको बारेमा भन्न नसक्ने उल्लेख गर्दै भारत लोकतान्त्रिक मुलुक भएको र अल्पसंख्यक लगायत सबै जनताको आधारभूत अधिकार संविधानले नै संरक्षण गरेको  जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी विदेशमन्त्री पम्पेओले यही जुन २५ अर्थात् आगामी मंगलबारबाट भारत भ्रमण गर्न लागेको बेलामा भारतीय विदेशमन्त्रालयले अमेरिकी प्रतिवेदनको आलोचना गरेको हो । भारतीय विदेशप्रवक्ताले भारतले आफ्नो धर्म निरपेक्ष परिचयप्रति गौरव गरेको उल्लेख गर्दै यो विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भएको र बहुलवादयुक्त समाज भएको जनाएका छन् ।

भारतको संविधानले नै आधारभूत अधिकारको ग्यारेन्टी गरेको समेत दोहोर्याएका छन् ।
(न्यूज १८ बाट)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC