site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून क्षेत्रको विशिष्टीकृत अध्ययनका लागि विश्वविद्यालय स्थापनाको पहल भइरहेको बताएका छन् । 

कानूनी क्षेत्रमा नयाँ ढङ्गले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने सोचसहितको कार्यक्रम अगाडि बढाइएको जानकारी दिँदै उनले भने, “कानून क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि उक्त सोच अगाडि सारिएको हो । त्यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०७६’  अन्तर्गत कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेको जानकारी दिए । उनले संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि निर्माण भएका कानूनलाई आम जनताको बीचमा पुर्‍याई जानकारी गराउन मन्त्रालयले योजनाबद्ध प्रयास गरिरहेको बताए । 

स्थानीय तह र विद्यालय तह लक्षित कार्यक्रम शुरु भएको भए पनि अपेक्षाअनुसारको काम भने नभएकाले त्यसलाई अभियानका रुपमा अगाडि बढाउन मन्त्रालयले आवश्यक योजना तय गरी काम शुरु गरेको उनको भनाइ छ । मन्त्री ढकालले अपराध पीडितलाई क्षतिपूर्ति दिने गरी कानूनी संरचना तयार गरिएको उल्लेख गर्दै सबैलाई समान तवरले न्याय प्राप्त हुने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

Global Ime bank

सत्यनिरुपण तथा मेलमिलाप तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी छनोटको प्रक्रिया जारी रहेको भन्दै उहाँले त्यससम्बन्धी कानूनी व्यवस्थालाई समयसापेक्ष बनाउन लागिएको उल्लेख गरे । अदालतमा बिचौलियाको प्रभाव रोकेर त्यसलाई शुद्धीकरणको काम शुरु भएको जानकारी दिँदै उहाँले न्यायमा सबैको पहुँच र विश्वास बढाउन वर्तमान नेतृत्वले पहल गरिरहेको बताए ।

भवन नभएका अदालतको भवन निर्माणका लागि सरकारले  बजेट, योजना र नीतिसमेत अगाडि सारेको उनको प्रस्टोक्ति छ । ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उक्ति पुरानो भएको भन्दै मन्त्री ढकालले विगतका उक्त उक्ति गणतन्त्रमा दोहोरिन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

कानून कार्यान्वयनमा समस्या भए त्यसलाई सहजीकरण गर्न र सबैलाई समान पहुँच दिन आवश्यक पहल भइरहेको उनले उल्लेख गरे । एकाध घटनालाई लिएर अदालतमा विृकति मात्रै छ भन्ने कोणबाट पनि बुझ्न र हेर्न नहुने मन्त्री ढकालको भनाइ थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ९ गते सोमबार बिहान ११ बजे बस्‍नेछ । - रासस

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ८, २०७६  २३:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC