site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संगीत रोयल्टी तत्काल नबाँडिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यातायातका साधनबाट संगीत तथा रोयल्टी संकलन समाजले उठाएको रोयल्टी तत्काल वितरण नहुने भएको छ । यातायातबाट रोयल्टी उठाउन थालेको १५ महिना भइसके पनि समाजले एकपटक पनि रोयल्टी वितरण गरेको छैन । 

संकलन भएको रोयल्टी कसरी वितरण गर्ने भन्ने मापदण्डको अभाव हुँदा लामो समयबितिसके पनि समाजले सर्जकलाई रोयल्टी बाँड्न नसकेको हो । मापदण्ड बनिनसकेका कारण संकलन भएको रोयल्टी बाँड्न नसकिएको संगीत तथा रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का बताउँछन् । 

“कस्तो खालको मापदण्ड बनाउँदा रोयल्टी बाँड्दा विवाद हुँदैन र सबैलाई चित्त बुझ्छ, त्यसकै अध्ययनमा रहेकाले यातायातबाट उठेको रोयल्टी वितरण गर्न नसकिएको हो,” अध्यक्ष खड्काले बाह्रखरीसँग भने, “मापदण्ड बनाएर वितरण गर्न अझै केही समय लाग्छ जस्तो छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

योगदानका आधारमा रोयल्टी बाँड्ने कि भन्ने छलफल चलेपनि निष्कर्षमा पुगिनसकेको यद्यपि धेरै रकम संलकन नभएकाले धेरै सर्जकलाई वितरण गर्न नसकिने उनको भनाइ छ ।  

रोयल्टी रकम धेरै नउठेकाले समाज घाटामा रहेको उनले बताए । “३० ठाउँमा हाम्रो कार्यालय र कर्मचारी छन् । कार्यालय र कर्मचारी खर्च अहिलेको रोयल्टी रकमले धान्दैन । हामीलाई सरकारले बजेट दिएको छैन । त्यसैले अहिले हामीले व्यवस्थापकीय खर्च गर्न पाउने रोयल्टीको २५ प्रतिशत रकमले पुगेको छैन,” अध्यक्ष खड्का भन्छन्, “हामीलाई विभिन्न विदेशीले तालिम दिए । उनीहरुसँगका विभिन्न सेमिनारहरुमा बस्यौं तर उहाँहरुले हामीलाई रोयल्टीकै रकम हो । श्रष्टाकै रोयल्टी भएकाले अहिले व्यवस्थापकीय खर्चमा लगाउनुस् भन्नुभएको छ । तर हामीले त्यो अधिकार अहिलेसम्म पाएका छैनौं ।”

Global Ime bank

खड्का ठूलो मात्रामा रोयल्टी उठेपछि भने अहिलेको जस्तो रोयल्टी संकलन समाजलाई अभावको अवस्था नआउने बताउँछन् । केही वर्ष अगाडि सुरेश अधिकारी नेतृत्वमा रहेकाबेला उक्त कार्यसमितिले व्यवस्थापकीय खर्च २५ प्रतिशथबाट बढाएर ४५ प्रतिशत पुर्याउन प्रस्ताव गरेको थियो ।समाजका पूर्व उपाध्यक्षहरु यादव खरेल र राजेन्द्र थापाले उक्त प्रस्तावको विरोध गरेपछि अस्वीकृत भएको थियो । 

विधानले गरेको व्यवस्थाः 

अध्यक्ष खड्काका अनुसार अहिलेसम्म दुई करोड ५० लाख रुपैयाँ रोयल्टी उठेको छ ।

रोयल्टी समाजका पूर्व अध्यक्ष राजेन्द्र थापा समाजले रोयल्टी वितरण गर्न नचाहेको बताउँछन् । वितरणका लागि मापदण्ड बनाउन चाहेको खण्डमा बनाउन सकिने उनको भनाइ छ । 

“चाहेको खण्डमा मापदण्ड बनाउन सकिन्छ । नचाहेरै नबनेको हो । कार्यसमितिले मापदण्ड बनाएर साधारणसभामा पेश गरे त्यो स्वीकृत हुन नसके सुझाव आउँछ । त्यसआधारमा बनाउन सकिन्छ,” थापा भन्छन्, “एकपटक प्रस्ताव आएको थियो तर त्यसमा संगीतकारले संगीत गरेको आधारमा वितरण गर्ने भनिएको थियो । त्यसलाई आधार बनाउँदा गीतकार ठगिन्छन् भनेर अस्वीकृत भएको थियो ।”

सीआरबीटी, पीआरबीटी तथा रेडियो, टेलिभिजनमा गीत बजेको आधारमा प्राप्त रोयल्टीलाई नै आधार बनाएर यातायातबाट उठाएको रोयल्टीलाई पनि वितरण गर्न सकिने गीतकार थापा बताउँछन् । 

संगीतकार वसन्त सापकोटा चाहेको खण्डमा रोयल्टी वितरणमा समस्या नआउने बताउँछन् । अन्तरराष्ट्रिय अभ्यासको अध्ययन र नेपालकै केही अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने हो भने एक हप्तामा मापदण्ड बन्ने संगीतकार सापकोटाको भनाइ छ । 

संगीत तथा रोयल्टी संकलन समाजले छ पांग्रे सवारी साधनबाट दुई हजार रुपौयाँ, चार पांग्रेबाट एक हजार चार सय रुपैयाँ, ट्याक्सी तथा मिनी ट्रकबाट एक हजार रुपैयाँ, पिकअपबाट नौ सय रुपैयाँ र ट्याम्पोबाट आठ सय रुपैयाँ वार्षिक रुपमा संकलन गर्दै आएको छ । 

महेश खड्काको तस्बिर फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC