site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राजधानीका तीन जिल्लामा डेंगुको खतरा, बनस्थली क्षेत्रमा बढी जाेखिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले डेंगुबाट जोगिन सतर्क रहन आग्रह गरेको छ । अध्ययनका क्रममा डेंगु फैलाउने एइडिज एइजेप्ती लामखुट्टे भेटिएपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले सोमबार बिहान बाह्रखरीसँग भने, ‘‘त्यो रोग फैलाउने लामखुट्टे राजधानीमा भेटिएका छन् । त्यसले गर्दा पछि रोग लागेर समस्या सिर्जना हुनु अघि नै सतर्कता अपनाउनु राम्रो भएकोले स्थानीय तहमा हामीले अलर्ट रहन आग्रह गरेका छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

शुरुमा ध्यान नदिँदा विभिन्न जिल्लामा समस्या आएकोले राजधानीमा पनि लामखुट्टेबाट जोगिन आग्रह गरिएको पोखरेलले बताए । उनका अनुसार अहिलेसम्म कसैलाई यो समस्या राजधानीमा रेकर्ड भइनसकेपनि मनसुनसँगै भित्रिने खतरा भने रहेको छ । उनले राजधानीका तीन वटै जिल्लामा खतरा रहेपनि अहिले भने काठमाडौंको बनस्थली क्षेत्रमा बढी खतरा रहेको उनले जनाए ।

अध्धयनका क्रममा डेंगु लामखुट्टे धेरै नै भेटिएपछि विभागले सतर्क रहन आग्रह गरेको हो ।  गतवर्ष काठमाडौंको सानो भर्याङ क्षेत्रमा १८ जनालाई डेंगु लागेको थियो । विभागले सबै स्थानीय युनिटहरुलाई यसबारेमा खबर गरिएको जनाएको छ । उच्च ज्वरो हुने, खान मन नलाग्ने, जीउ गल्ने, शरीरमा विमिरा आउने लगायतका डेंगुका लक्षण हुन् ।

Global Ime bank

डेंगु लामुखट्टेबाट सर्ने रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा पनि टोक्ने हुँदा शरीर ढाक्ने पूरा बाहुला भएको लुगा लगाउनुपर्ने समेत विज्ञहरुले बताएका छन् । घरमा सुत्दा झुलको प्रयोग गर्ने र शरीरमा ओडोमस लगायतका क्रिम लगाउनुपर्ने समेत उनीहरुले जनाएका छन् ।

डेंगु रोग लाग्यो र समयमै उपचार भएन भने मानिसको मृत्युसमेत हुने गरेको छ । त्यसैले ज्वरो आउनासाथ वा डेंगु लागेको शंका लागेमा स्वास्थ्य जाँच गराउनुपर्ने र ज्वरो घटेको ४८ घण्टासम्म पनि अवस्था जोखिमपूर्ण नै हुने भएकाले विरामीलाई चिकित्सकको निगरानीमा राख्नु उपयुक्त हुने विज्ञहरुको कथन रहेको छ । महाशाखाका प्रमुख पोखरेलले आउँदो कात्तिक महिनासम्म नै खतरा रहने भएकोले सर्तक रहनुपर्ने बताए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC