site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 राजस्थानको धार्मिक कार्यक्रममा भएको भागदौडमा १४ जनाको मृत्यु, ५० घाइते
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको राजस्थानको बाडमेरमा तीब्र गतिमा आएको आँधी र तुफानबाट धार्मिक कार्यमा संलग्न कम्तिमा १४ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् । 

अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु राम कथा सुन्ने एक धार्मिक कार्यक्रममा भाग लिइरहेका थिए । सोही कामका लागि त्यहाँ लगाइएको पण्डाल हुरीका कारण खस्दा मानिसहरुको मृत्यु भएको हो । घाइते केहीको अवस्था नाजुक रहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरीले जनाए अनुसार जसोल गाउँको धाममा कथा सुनाउनका लागि ठूलो पण्डाल लगाइएको थियो । आइतबार अपरान्ह आएको आँधी र वर्षाले पण्डालको केही भाग खसेको थियो । यसबाट त्यहाँ भागदौड मच्चिएको थियो । त्यतिबेला त्यहाँ करिब १०० मानिस थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले मृतकका परिवारलाई ५ लाख र घाइतेका परिवारलाई २ लाख रुपियाँ दिने घोषणा गरेका छन् । (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC