site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उडेको बिमानमा सुत्दाको परिणाम यस्तो पनि ....
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ओटावा । क्यानडामा एक महिला यात्रु  बिमान  ल्याण्ड गरेको घण्टौं पछिसम्म बिमान भित्रै परेकी छन् । ल्याण्ड गरेर सबै यात्रु बाहिर निस्केपछि बिमानको ढोका बन्द गरेर पार्क गरिएको थियो । तर, टिफ्फानी आडम्स नामकी ती महिला भने बिमान भित्र सुतेको सुत्यै भइछन् । एयर क्यानडाको सो बिमान क्युबेकबाट टोरन्टोका लागि उडेको थियो । यो घटना टोरन्टो बिमानस्थलमा भएको हो । घटना यही जुन  ९ को हो । आडम्सले घटनाबारेमा सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि मात्रै अहिले समाचार बन्न थालेको हो । 

उनका अनुसार निदाएका कारण बिमान अवतरण भएको उनले चालै पाइनन् । जब उनी उठिन त्यतिबेला बिमानभित्र चिसो र अँध्यारो थियो । उनले कम्मरमा भने सिट बेल्ट बाँधेकै थिइन् । बिमान उडेको थिएन । बिमान कम्पनीले त्यस्तो घटना भएको स्वीकार्दै घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । आडम्सले जनाएअनुसार बिमान अवतरण भएको केही घण्टापछि मात्रै उनी ब्युँझेकी थिइन् । त्यो अनुभव डरलाग्दो भएको उनले फेसबुकमा लेखेकी छन् ।

ब्युँझेपछि उनले साथी डियन्ना डालेलाई फोन गरेकी थिइन् । एक मिनेटपनि कुरा नगर्दै उनको मोबाइलमा चार्ज सकियो । बिमान पनि बन्द रहेकोले उनले मोबाइल चार्ज गर्न पाइनन् । त्यसपछि उनकी साथी डालेले टोरन्टो पियर्सन बिमानस्थमा फोन गरेर आडम्सको बारेमा सोधपुछ गरिछन् । त्यसपछि मात्रै पत्ता लागेर आडम्सलाई बिमानबाट बाहिर निकालिएको थियो । सो बिमान कम्पनीले उनलाई होटलमा लगिदिने बताएकोमा उनी सो प्रस्ताव अस्वीकार गरेर घरतिर लागिन् । बिमान कम्पनीले क्षमा माग्न र अनुसन्धानका लागि भन्दै दुई पटक आडम्ससँग सम्पर्क गरेकोसमेत उनले जनाएकी छन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC