site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टर्कीको राजधानीमा सत्तारुढ दललाई ठूलो झड्का
Sarbottam CementSarbottam Cement

इस्तानबुल । टर्कीको सत्तारुढ पार्टी राजधानी इस्तानबुलमा भएको मेयरको निर्वाचनमा नराम्रोसँग पराजित भएको छ । मुख्य विपक्षी पार्टीका उम्मेदवार इक्रेम इमामोग्लुले ठूलो अन्तरबाट सत्तापक्षका उम्मेदवारलाई पराजित गर्ने निश्चित भएको छ । 

उनले गएको मार्चमा पनि  विजय हासिल गरेकोमा सत्ता पक्षले विवाद निकालेको थियो  । सत्तारुढ एके पार्टीले अनियमितता भएको भन्दै उजुरी हालेको  थियो । उनका प्रतिद्वन्दी  पूर्व प्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्वीकार गरेका छन् । राष्ट्रपति रिसेप तइप इर्दोगानले विजेतालाई बधाई दिएका छन् । प्रारम्भिक गणनामा उनी अघि देखिएकोले आफूले बधाई दिएको राष्ट्रपति इर्दोगानले ट्विट मार्फत जनाएका छन् ।  तर, यो परिणाम इर्दोगानका लागि ठूलो झड्का हो ।  इस्तानबुलमा जसले जित्छ उसले टर्कीमा जितेको रुपमा मानिने गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नवनिर्वाचित मेयरले इस्तानबुल र टर्की दुवैमा अब नयाँ शुरुवात हुने बताएका छन् । आफूहरुले इस्तानबुलमा नयाँ पृष्ठ खोलेको बताउँदै त्यो पृष्ठमा न्याय, समानता र माया हुने भावी मेयरले जनाएका छन् । उनले आफू राष्ट्रपति इर्दोगानसँग काम गर्न इच्छुक रहेको समेत जनाएका छन् । इमामोग्लुले ७ लाख ७५ हजार मतले लिड गरेका छन् । गएको मार्चमा उनी १३ हजारले मात्रै अगाडि थिए । ४९ वर्षिय इमामोग्लुले विपक्षी रिपब्लिकन पिपुल्स पार्टीको प्रतिनिधित्व गर्छन् । 

(बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ११:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC