site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‍मा भूमिका बढाउँदै कांग्रेस, सांसदलाई हाजिर अनिवार्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमलाई सहज रुपमा पारित गर्न सघाएपछि चौतर्फी आलोचना ब्यहोरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय आफूलाई व्यवस्थित बनाउँदै लगेको छ । 

गएको बजेट अधिवेशनमा पार्टीभित्रैबाट सरकारलाई सघाएको आरोप खेपेको कांग्रेसले अहिले जारी बजेट अधिवेशनबाट आफूलाई सुदृढ बनाउँदै लगेको छ । गत वैशाख १६ गतेबाट सुरु भएको बजेट अधिवेशनलाई मध्यनजर गर्दै प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा संसद बैठकमा उपस्थित हुन निर्देशन दिएको छ । 

कांग्रेसले पस पटकको बजेट अधिवेशनबाट संसदमा उपस्थित हुँदा सांसदहरुलाई अनिवार्य रुपमा हाजिरी पुस्तिकामा हाजिर लगाउनुपर्ने नियम लगाएको छ । संसदमा आफ्ना सांसदहरुको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन कांग्रेस संसदीय दलले उनीहरुलाई अनिवार्य हाजिरीको व्यवस्था गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद चलेका दिन कांग्रेसका सांसदहरुले संघीय संसद भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयमा राखिएको हाजिरी पुस्तिकामा हाजिर गर्दै आएका छन् । ‘‘अहिले हामी प्रतिपक्षको भूमिकामा छौं । फेरि संसदमा संख्यात्मक हिसाबले हाम्रो उपस्थिति पनि न्यून छ,’’ कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले भनिन्, ‘‘यस्तो अवस्थामा भूमिका सशक्त पार्न दैनिक रुपमा हाजिरी गर्ने व्यवस्था गरिएको हो ।’’

कांग्रेस संसदीय दल प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधिसभाका सदस्यहरुको नियमित रुपमा संसद बैठकमा उपस्थिति होस् भन्ने उद्देश्यका साथ हाजिरीको व्यवस्था गरिएको जानकारी दिए । ‘‘एक महिना अगाडिबाट नै हामीले सांसदहरुको हाजिरीको व्यवस्था गरेका थियौं,’’ उनले बाह्रखरीसँग भने, ‘‘सबै सदस्यहरु नियमित संसदमा आउनुहोस् भनेर यसो गरिएको हो ।’’

Global Ime bank

कांग्रेसले यस पटकको बजेट अधिवेशन सुरु हुनु अगावै सांसदहरुलाई बजेट, सरकारको नीति तथा कार्यक्रमलगायत विषयहरुका बारेमा विषय विज्ञहरु बोलाएर प्रशिक्षण पनि दिएको थियो । सांसद डा. संग्रौलाका अनुसार प्रशिक्षणमा सांसदहरुलाई कांग्रेसले छलफलका माध्यमबाट विभिन्न जानकारीमूलक सामग्री उपलब्ध गराएर तिखार्ने काम गरेको थियो ।  

सरकारले जारी अधिवेशनका क्रममा संसदमा दर्ता गरेका विभिन्न विधेयकका बारेमा कांग्रेसले आफ्ना सांसदहरुसँग सरोकारवाला पक्षसँग पनि छलफल चलाएको छ । कांग्रेस सांसदहरुले आफूहरुलाई संसदीय दलले संसदमा तार्किक अभिव्यक्तिमा सघाउ पुग्ने गरी तिखारिरहेको प्रतिक्रिया दिएका छन् । 

कसरी तिखार्दैछ त ? भन्ने बाह्रखरीको प्रश्नमा सांसद डा. संग्रौलाले भनिन्, ‘‘आज यो विषयमा यसो भन्ने, भोलि त्यो विषयमा यसो भन्ने भनेर निर्देशन दिने काम गरिरहेको छ । अध्ययन बढाउनुपर्यो भनिरहेको छ । विभिन्न विषयमा गहन अध्ययन गरेर आपसमा सर–सल्लाह, छलफल गरेर आएको निचोडलाई तार्किक रुपमा संसदमा अभिव्यक्त गर्न भनिरहेको छ ।’’ यसरी संसदीय दलले हरेक सांसदलाई फरक–फरक विषयवस्तुमा भूमिका निर्वाह गर्न निर्देशन दिने गरेका कारण सांसदहरुमा अध्ययन गर्ने बानी पर्दै गएको उनले अनुभव सुनाइन् । 

प्रमुख सचेतक खाँणले सांसदहरुको क्षमता अभिवृद्धिका लागि विज्ञहरुसँग सर–सल्लाह, आपसी छलफल सँगसँगै आवश्यक सामग्रीहरु उपलब्ध गराइने गरिएको जानकारी दिए । ‘‘संसदीय दलले संसदमा बोल्ने सांसदहरुलाई विषयगत विज्ञहरुसँग भेटघाट, छलफल गराएर सर–सल्लाह गराउने, निष्कर्ष निकाल्ने गरेको छ,’’ उनले भने ।      

कांग्रेसले सरकारका कामहरुको निगरानी गर्नका लागि गठन गरेको ‘छाया सरकार’ का कामकारबाहीलाई पनि व्यवस्थित ढंगले अगाडि बढाउन निर्देशन दिएको छ । कांग्रेसले ‘छाया सरकार’ का रुपमा क्रियाशिल रही कार्यसम्पादन गर्नका लागि जेठ ६ गते मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको थियो । 

संसदीय दलले मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई पत्र काटेरै सम्बन्धित मन्त्रालयमा ‘वाचडग’ को भूमिका खेल्न र गलत क्रियाकलाप भए उजागर गर्न तथा सम्बन्धित विषयका विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सही बाटोमा डोर्याउने भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC