site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्याजेट्सको अधिक प्रयोग, कमजोर बन्दै मानव शरीर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ संसारको रहनसहन । नयाँ सोच । नयाँ विचार र नयाँ जीवन शैली । प्रविधिले थिचेको समय । ग्याजेट्स वा स्मार्टफोनबिना एक मिनेट पनि बिताउन नसक्ने बन्दै  गएको युग । तर यसले हाम्रो जीवनमा विभिन्नखाले असरमात्रै पारिरहेको छैन, साथमा हाम्रो शारीरिक बनौटमा समेत परिवर्तन ल्याइदिएको छ । नयाँ अनुसन्धानहरु भनिरहेका छन्– हाम्रो टाउकोको पछाडि सानो खोबिल्टो उत्पन्न भइरहेको छ र कुहिनाको हड्डी कमजोर हुन पुगेको छ । शरीरको हड्डीमा समेत छक्क पार्नेगरी परिवर्तन आइरहेको छ । 

प्रत्येक मानिसको शरीरको ढाँचा उसको डीएनएमुताबिक तयार हुन्छ । तर जीवन जिउने तरिकासँगै त्यसमा परिवर्तन आउन थाल्छ । शोधकर्ताहरु हड्डीहरुको बायोग्राफीलाई ‘अस्टियो बायोग्राफी’ भन्छन् । यसमा हड्डीहरुको ढाँचा हेरेर पत्ता लगाउने कोसिस गरिन्छ कि, त्यस शरीरको मालिक कुनखालको जीवन बिताउँथ्यो । ऊ कसरी हिँड्थ्यो, बस्थ्यो, उठ्थ्यो र सुत्थ्यो । यसको मान्यता के छ भने, हामी जस्तो जीवन शैली अपनाउँछौं शरीरले क्रमशः उस्तै आकार लिन थाल्छ । 

मानिसको कुहिना किन कमजोर हुँदैछ ?

Prabhu Bank
Agni Group
NIC Asia

अचेल हामी ल्यापटप, कम्प्युटर, मोबाइलमा अधिक समय बिताउँछौं । यसको अर्थ हाम्रो कुहिनो बढी समय खुम्चिरहेको हुन्छ । र, असर यसको बनावटमा पर्न जान्छ । यसको उदाहरण जर्मनीमा देख्न पाइन्छ । 
शोधमा पाइएको छ कि, जर्मनीका एक युवकको कुहिना पहिलाभन्दा झिनो हुँदै गयो । यसबाट स्पष्ट भयो, नयाँ जीवन शैलीले हाम्रो शरीरको बनावट खासगरी, हड्डीमा आफ्नो असर देखाउन थाल्यो । सन् १९२४ मा मारियाना र गुआम द्विपमा खोज्दै जाँदा विशालकाय मानिसको कङ्काल भेटिएको थियो । यी कङ्काल १६औं र १७औं शताब्दीको बताइएको छ । 

कङ्कालमा टाउको, हातको हड्डी, काँधको हड्डीको एक भाग र खुट्टाको तलतिरको हिस्साको हड्डी निकै बलियो थियो । यसबाट बुझ्न सकिन्छ, त्यसबखतका मानिसको जीवन शैली अहिलेको भन्दा फरक थियो । यी द्विपको पौराणिक कथाहरुमा ताऊताऊ र ताग्गाको वर्णन पाइन्छ । ती निकै बलिया पौराणिक पात्र थिए । 

Global Ime bank

प्रश्न उठ्छ, किन उनीहरु यति धेरै बलिया थिए ? जुन भागमा यस्ता कङ्काल पाइएको थियो, त्यहाँका मानिस ढुङ्गाको काम गर्थे । ठूल्ठूला चट्टान फोरेर आफ्नो घर बनाउँथे । यी द्विपका घरमा १६ फिटका खम्बा थिए र तौल १३ टन थियो । 

त्यसबखत आजको जस्तो मेसिन थिएन । यसकारण मानिसले धेरै मेहनत गर्नुपथ्र्यो । अधिक मेहनतकै कारण तिनको हड्डी बलियो भयो । त्यसबखतको तुलना आज सन् २०१९को आधुनिक जीवनसँग गर्ने हो भने, हाम्रो शरीर निकै कमजोर छ । यो जिउने नयाँ ढाँचाको परिणाम हो । अचेल हरेक मानिस गर्धन झुकाएर मोबाइलको स्क्रिन ताकिरहेको देख्न सकिन्छ । 

अस्टेलियाका एक वैज्ञानिक डेविड साहर मानिसको शरीरमा आइरहेको परिवर्तनमाथि विगत २० वर्षदेखि अनुसन्धान गरिरहेका छन् । पछिल्लो एक दशकमा उनले पाएका छन्– मानिसको टाउकोमा एउटा किलाजस्तो हड्डी उत्पन्न भइरहेको छ । यसलाई विज्ञानको भाषामा ‘एक्सटर्नल अक्सिपिटल प्रोट्युबरेन्स’ भनिन्छ । यो टाउकोको तलतिरको हिस्सामा गर्धनको ठीक माथिपट्टि हुन्छ । टाउको हात राख्दा यसलाई महसुस गर्न सकिन्छ । कपाल नभएको टाउकोमा त देखिन्छ नै । 

स्मार्टफोनको असर

यस्तोखालको हड्डी पछिल्ला दशकमा कोहीकोही टाउकोमा मात्रै पाइएको थियो । साहरले १८ देखि ८६ वर्षसम्मका करिब हजार मानिसको टाउकोको एक्सरेमाथि अनुसन्धान गरे । १८ देखि ३० वर्ष उमेरका मानिसको टाउकोमा किलाजस्तो यस्तो हड्डी या स्पाइक भेटिएको उनले बताएका छन् । 

साहर भन्छन्, ‘‘यसको कारण ग्याजेट्स तथा स्मार्टफोनको अधिक प्रयोग हो । जब हामी कुनै पनि ग्याजेटमाथि आँखा गाढेर काम गर्छौं, तब गर्धन तलतिर झुक्छ । यसले गर्धनको मांसपेशीमा बल पर्न जान्छ । र, त्यो पीडा सन्तुलित गर्नका लागि एउटा नयाँ हड्डी जन्मन पुग्छ ।’’ धेरैबेर निहुरिएर बस्दा टाउकोमा यस्तोखालको हड्डी जन्मिरहेको उनको भनाइ छ । 

अनुसन्धानहरुले बताएका छन्– अहिलेका बच्चाहरु कसरत गर्दैनन्, त्यसकारण पनि यिनको शरीरको हड्डी कमजोर हुन्छ । शारीरिक मेहनत गर्ने मानिसमा यस्ताखाले कुनै पनि समस्या देखिँदैन । तर पछिल्लो समयको आविष्कार ग्याजेट्सले मानिसलाई अल्छी बनाइदिएको छ । यसको असर उनीहरुको शरीररमा पर्न गएको छ । 

त्यसो त आधुनिकताले हाम्रो जीवन शैलीलाई आरामदायी बनाइदिएको छ । यसबाट हामी टाढा बस्न सक्दैनौं । सिक्काका दुई पाटा हुन्छन् नै, फाइदा र नोक्सानको हिसाब गर्ने आफैले हो । गलत आदतका कारण हाम्रो शरीरमा पर्ने असरबारे त हामी स्वयम्ले सोच्ने हो । 

(बीबीसीमा आधारित)

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC