विदेश
जकर्ता । इण्डोनेसियामा आज बिहान गएको ७.३ म्याग्निट्युडको भूकम्पको धक्का उत्तरी अष्ट्रेलियासम्म पुगेको छ । इण्डानेसियाको तानिम्बार आइल्याण्ड रहेको बन्दा समुन्द्रलाई केन्द्र बनाएर आज भूकम्प गएको थियो । सो भूकम्प २०८ किमी गहिराईमा शुरु भएको अमेरिकाको जिओलोजिकल सर्भेले जनाएको छ ।
अष्ट्रेलियाको डार्बिन सहरसम्म त्यसको धक्का महसुस भएको थियो । अष्ट्रेलियाको सो क्षेत्रमा धक्का महसुस भएपछि मानिसहरुलाई घरबाट निकालिएको जनाइएको छ । तर, क्षतिको विवरण भने प्राप्त भइसकेको छैन ।
(सीएनएन)
प्रकाशित मिति: सोमबार, असार ९, २०७६ १३:२७
प्रतिक्रिया दिनुहोस्