site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रज्ञा प्रतिष्ठानले मनायो ६२ औं वार्षिकोत्सव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६२औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । सात दिनसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरेको छ ।

कविता महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रज्ञा प्रतिष्ठानले अझै गतिशील हुनुपर्ने विचार व्यक्त गरे । पोखरेलले जीवन र मृत्यु शीर्षकका दुई कविता पनि वाचन गरे । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, कवि बैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, काव्य विभागका प्रमुख डा. हेमनाथ पौडेललगायतले बोले ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक कविता महोत्सवका लागि तीन सयभन्दा बढी कविता प्राप्त भएकोमा ३१ वटा कविता प्रतियोगिताका लागि छनौट भएका छन् । प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि प्रतिष्ठानको स्थापना भएको दिन असार ९ गते वर्षेनी राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।

 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC