site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बिच भलिबलमा पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफ विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा सम्पन्न सातौं बिच भलिबलको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफको जोडीले जितेको छ । पुरुषतर्फ टिम ‘ए’ का मन बहादुर श्रेष्ठ र दिल कुमार सुनारले जित हासिल गरे । उनीहरुले गण्डकी प्रदेश ‘बि’ टिमका राजु बिक र अर्जुन दर्लामी मगरलाई पराजित गर्दै उपाधि हासिल गरेका हुन् ।

पहिलो सेटमा २१–१६ को जित निकाल्न सफल भएको आर्मीले दोस्रो सेट भने गुमायो । दोस्रो सेटमा गण्डकी प्रदेशले २१–१८ को जित निकाल्यो । अन्तिम सेटमा भने आर्मीले १८–१६ को जित हासिल गर्याे ।
यस्तै छैटौं बिच महिला भलिबलको उपाधि एपीएफ ‘ए’ टिमका बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले हात पारेको छ । फाइनल खेलमा नेपाल पुलिस ‘ए’ टिमका निता शाह र कोपिला उप्रेतीको जोडीलाई २१–१३, २१–१३ को सोझो सेटमा हराउँदै उपाधि उचालेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विजेता टिम तथा खेलाडीले उपाधिसँगै प्रथम नगद पुरस्कार राशि ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुने टिम तथा खेलाडीले १० हजारका साथ कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा एपिएफ ए टिमकी खेलाडी बिनिता बुढाथोकी र पुरुषतर्फ नेपाल आर्मी ए टिम दिल कुमार सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३–३ हजारका साथमा प्रमाणपत्र प्राप्त गरे ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा यही असार ५ गतेबाट शुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागिय टिमसहित १७ पुरुष र १४ महिला टिम गरी कुल ३१ टिमको सहभागिता रहेको थियो ।

Global Ime bank

तस्बिरः केशव पाठक
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC