site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको छँदै छैनः श्रममन्त्री विष्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्तर्गत श्रम रोजगार तथा सामाजिक सुरक्षा शिर्षक माथिको छलफलका क्रममा सांसदहरुबाट आएका प्रश्नको उत्तर दिँदै उनले प्रधानमन्त्री रोजगार कार्यक्रम स्थानीय तह अन्तर्गत कार्यान्वयन गर्ने गरि कार्यक्रम पठाइएको र त्यसको कार्यविधि, निर्देशिका, क्षेत्र कार्यान्वयनको विधि, अनुगमन र भुक्तानीको विधि तय गरिएको बताएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको बजेट दुरुपयोगको सन्दर्भमा सांसदहरुले उठाएको प्रश्नमा उनले श्रम ऐनका प्रावधानलाई कार्यान्वयन गर्ने सम्बन्धमा पोशाक निर्धारण गरिएको भन्दै गोलमोटल जवाफ दिए । उनले श्रम ऐन कार्यान्वयनको विषयलाई उठाएर घुमाउरो ढंगमा सांसदहरुलाई धम्की नै दिएका थिए । उनले भने, “मलाई त यसले ध्यानाकर्षणमात्रै गराएको छ ।” तर, यदि श्रम ऐनको कार्यान्वय गर्ने सन्दर्भमा जुन ढंगले अगाडि बढिएको छ, सो प्रसंग श्रमिकहरुले थाहा पाए भने श्रमिकको मन दुख्ने छ ।” संसदले पास गरेको ऐनको कार्यान्वयन गर्ने सन्दर्भलाई सांसद स्वयम्ले खिल्ली उडाइरहेको कुरा श्रमिकहरुले सुने भने नेपालका श्रमिकहरुको मन दुख्ने दाबी उनले गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले सांसहरुले लक्षित समुदाय र बजेट खर्चको विषयमा उठाएको प्रश्नको सम्बोधन भन्दा पनि रोजगार संयोजक चयन प्रक्रिया र श्रम ऐन अनुसार श्रमिकले पोशाक र सामग्री प्रयोग गर्ने काम भएको उल्लेख गरेका थिए । रोजगार संयोजकको छनौट गर्दा १५ मिनेटमा नै परीक्षार्थीले नतिजा पाउने व्यवस्था रहको उनको दाबी छ ।

सरकारले बेरोजगार व्यक्तिलाई दलीय कार्यकर्ताको दृष्टिकोणमा व्यवहार नगरेको र आफ्नो दायित्व र कर्तव्यलाई इमान्दारीतापुर्वक पुरा गर्ने तर्फ गम्भीर रहेको मन्त्री विष्टले स्पष्ट पारे । स्वदेशमा नै अधिकतम रोजगारीको अवसर सिर्जना गरी वैदेशिक रोजगारीमा जाने वाध्यताको अन्त्य गर्नका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको भन्दै उनले नेपाल भित्रै रोजगारी सिर्जना गरी सफल मुलुक बनाउनेतर्फ  सरकार गम्भीर रहेको बताए । विष्टका अनुसार ५ हजार भन्दा बढी बैदेशिक रोजगारीमा जाने जिल्लाहरुमा सामि परियोजना मार्फत जागरण शिक्षा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

Global Ime bank

उनले आईटी, कृषि, बन, पर्यटन लगायतका क्षेत्रलाई जोडेर आगामी आर्थिक बर्षमा कम्तिमा ५ लाख रोजगारी श्रृजना गर्ने गरि योजना बनाएको भन्दै आउदा केही दिनमा क्षेत्रगत रोजगारीको संभावना प्रस्तुत गर्ने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC