site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एउटै महिलाका चार बलात्कार मुद्दा
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा एउटै महिलाले चार जनाविरुद्ध आफूलाई जवरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी छन्। तुलसीपुर निवासी ३१ वर्षीया महिलाले चार वर्षको अन्तरालमा फरक फरक मितिमा चार जनाविरुद्ध मुद्दा दायर गरेको पाइएको छ।

उनले २०७२ कात्तिक १५ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा विष्णु आचार्यविरुद्ध मुद्दा हालेकी थिइन्। जिल्ला अदातलले आचार्यलाई उक्त अभियोगमा दोषी ठहर गर्दै ७ वर्ष कैदको फैसला सुनायो। उनी हालै ४ वर्षे जेल सजाय भुक्तान गरी रिहा भएका छन्।

Prabhu Bank
Agni Group
NIC Asia

उनले फेरि २०७५ साल पुस २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा लक्ष्मण गैरेले आफूलाई जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालिन्। उनी अहिले पूर्पक्षका लागि थुनामा छन्। गत जेठ २७ गते उनै महिलाले ईप्रका तुलसीपुरमा दुईजना विरुद्ध जवरजस्ती करणी गरेको भन्दै मुद्दा हालेकी छन्।

ती महिलोको जाहेरी परेलगत्तै प्रहरीले तुलसीपुरको बसपार्क प्रहरी चौकीमा कार्यरत ३६ वर्षीय हवलदार मानबहादुर गुरुङ र बबई गाउँपालिका निवासी २७ वर्षीय किशोर खड्कालाई पक्राउ गरी थुनामा राखेको छ।

Global Ime bank

ती महिलाले आफूलाई प्रहरी हवल्दार गुरुङ र खड्काले मिलेर जेठ २१ राति जवरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएकी छन्। पक्राउ परेका दुवैजना विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC