site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यसकारण मेस्सी विश्वकै उत्कृष्ट खेलाडी
Sarbottam CementSarbottam Cement

सीएनएन । अनौपचारिक तथ्यांकअनुसार विश्वको आधा जनसंख्या भन्दा बढीले फुटबल हेर्छ । फुटबल प्रशंसकको संख्या विश्वर ४ अर्ब रहेको अनुमान छ । विश्वका सबैजसो ठाउँमा फुटबल खेलिन्छ, हेरिन्छ ।
फुटबलप्रेमीहरुले अर्जेन्टिनाका लियोनल मेस्सीलाई नचिन्ने त कुरै भएन । मेस्सीले २००४ बाट बार्सिलोनाको सिनियर टिममा प्रोफेसनल फुटबल यात्राको तय गरेका थिए ।

विश्वकै उत्कृष्ट खेलाडी को हो ? भन्ने प्रश्नमा वैज्ञानिक सिमोन ब्रुन्डिश भन्छन्, “मेस्सी जिउँदो छँदासम्म अरु कुनै पनि खेलाडी उत्कृष्ट हुन सक्दैन । यदि  तिमीले. अरु कुनै खेलाडीलाई विश्वको उत्कृष्ट खेलाडी मान्छौ भने कि त मेस्सीले फुटबल जीवनबाट सन्यास लिनुपर्छ होइन भने मेस्सीको जीवनकालसम्म उनी नै उत्कृष्ट खेलाडी हुन् ।”

Prabhu Bank
Agni Group
NIC Asia

ब्रुन्डिशले आजसम्मकै फुटबल खेल्ने खेलाडीहरुमध्ये उत्कृष्ट खेलाडीको रुपमा मेस्सीलाई मानेका छन् । यस कुरामा कुनै पनि किसिमको विवाद नआउनको लागि ब्रुन्डिशले तथ्यांकसहित आफ्नो कुरा व्यक्त गरेका छन् ।

अहिलेको समयमा मेस्सीले प्रत्येक ४८ मिनेटमा गोल  गरेका छन् कि त गोल गर्नको लागि सहयोग गरेका छन् । घाइतेलाई छुट्याइएको समय समेत जोडेर प्रत्येक खेल लगभग ९५ मिनेट लामो हुन्छ र मेस्सीले खेलेका लगभग प्रत्येक खेलमा दुई गोल भएकै हुन्छ ।

Global Ime bank

मेस्सीको तुलनामा कोही अगाडि आउन सक्छन् । यद्यप लामो समयदेखि क्रिस्टियानो रोनाल्डोलाई मेस्सीसँग तुलना गरिँदै आइएको छ । पछिल्लो समयमा लुइस स्वारेज, नेयमार, मोहम्मद सलाह र केलियन एमबाप्पे जस्ता खेलाडीहरुले क्लब र आफ्नो देशको लागि राम्रो प्रदर्शन गरेका छन् । ब्रुन्डिश बताउँछन, “मेस्सी गोल स्कोरिङमा मात्र नभई ‘एक्स जी बिल्ड’मा पनि उच्च स्थानमा रहेका छन् । मेस्सीले आफ्नो करियरमा ५१ ह्याट्रिक गरेका छन् भने क्रिस्टियानो रोनाल्डोको ४५ रहेको छ ।”

सन् २०१७–२०१८ सिजनको  फुटबलको तथ्याङ्क हेर्दा  एक्स जी बिल्डमा चेल्सीका इडेन हजार्ड, आर्सनलका मेष्टु ओजिल र टोटनह्यामका क्रिस्टियन एरिक्सनजस्ता रेकर्ड बनाउन सम्भावना भएका  खेलाडीले बनाउन नसकेको स्थान मेस्सीले बनाएका छन् । यसैगरी मेस्सी रोनाल्डो, सलाह र नेयमारभन्दा अघि नै छन् ।

“विश्वका सबै स्टार खेलाडीहरुलाई मेस्सीले गरेको गोल, गोलको लागि सहयोग र एक्स जी बिल्ड स्कोरअनुसार तुलना गर्दा मेस्सी नै अगाडि आउँछन् । अब किन झगडा गर्नुपर्यो ? मेस्सी नै विश्वका उत्कृष्ट खेलाडी हुुन्,” ब्रुन्डिश दाबी गर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC