site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद् बैठकमा गोल्डमेडल किनबेचदेखि ‘गलबन्दी’सम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा ९ नम्बर आएको विद्यार्थीलाई अगाडि ६ थपेर ६९ बनाइएकोदेखि गायक प्रकाश सपूतको गीत ‘गलबन्दी’मा भाका चोरीसम्मको विषय उठेको छ । सत्तारुढ दलकै सांसदले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरेका छन् । 

बैठकको विशेष समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाले शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिबारे शिक्षा मन्त्रालयको धारणा माग गरे । त्रिभुवन विश्वविद्यालयले ९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल दिलाएको विषय उल्लेख गर्दै उनले शिक्षामा लामो समयदेखि देखिँदै आएको विकृति र विसंगतिलाई शिक्षा मन्त्रालयले कसरी अध्ययन गरिरहेको छ भनी प्रश्न गरे । उनले भने, “९ नम्बरलाई ६९ नम्बर बनाएर गोल्ड मेडल लिने संस्कृति के संस्कृति हो ? आज यस्तो बनेको छ नेपालमा, सबै कुरा पैसाले घुमाइरहेको छ । सर्टिफिकेट किन्न पाइन्छ । भू¬माफियादेखि विचौलियाहरुले कब्जामा लिन सक्छन् । हरेक सकारात्मक कुराभित्र भयानक ठूलो रणनीति हुन्छ । यो रणनीतिको बारेमा शिक्षा मन्त्रालयले कति गम्भीरतापूर्वक अध्ययन गरेको छ ? आजसम्मका सबै विकृति र विसंगतिको बारेमा शिक्षा मन्त्रालयले के गरिरहेको छ ? उसको दृष्टिकोण स्पष्ट पारियोस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले जातीय द्वन्द्व भड्काउने काममा सरकार लागेको आरोप लगाए । उनले भने, “सरकार नै सामाजिक सद्भाव र जाति–जातिका बीचमा र नागरिक–नागरिक बीचमा नै द्वन्द्व गराउन चाहन्छ । उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ । यस्ता घटनामा संलग्न थुप्रै माननीयज्यूहरु संसदमा हुनुहुन्छ । तर आज म भन्न बाध्य छु– चौधरी समुदायका भएका कारणले, थारु भएकै कारणले अस्पतालमा पनि नेल लगाइएको छ ।  यही कुरा प्रकाश सपूत र शान्ति सिंह परियारमा पनि जोडिएको कुरा अवगत गराउन चाहन्छु । सरकारको गम्भीर ध्यानाकर्षण होस् ।”

‘गलबन्दी च्यातियो तिमीले तानेर’ भन्ने गीत गाउने गायक प्रकाश सपूत र शान्ति परियारमाथि जातिय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्दा लगाउने काम भएको भन्दै उनले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भातृसंस्थामा आवद्ध शभ्भु राईले आफ्नो लय नक्कल गरेको भनी मुद्दा हालेको प्रसंग उल्ल्लेख गर्दे उनले गाउँघरमा मेलापात जाँदा स्वतःस्फुर्त गाउने भाका नै लोकभाका भएको भन्दै सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्दा हाल्न पुग्नु लज्जास्पद भएको टिप्पणी गरे । उनले भने, “शम्भु राई र उनका मतियारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपूतलाई जातिय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागिपरेको देखिन्छ । त्यत्तिमात्रै होइन, संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि नीच ढंगले जातिय भेदभाव र अपमान गरेको हुनाले साईबर कानुनअन्तर्गत, जातिय छुवाछूत तथा भेदभाव कसुर ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारावाहीको दायरामा ल्याउन माग गर्दछु ।”

Global Ime bank

उनले  प्रकाश सपूतविरुद्ध मुद्दा हाल्ने र सामाजिक सञ्जालमा गालीगलौज गर्नेहरुलाई कारवाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी पनि दिए । 

सांसद एकवाल मियाले रेशम चौधरीलाई नेल लगाउनेलाई भएको कारवाहीबारे जानकारी मागे । दश वर्षे माओवादी आन्दोलनमा पनि सर्वसाधारण मारिएको उल्लेख गर्दै उनले कैलाली आन्दोलन पनि सोही प्रकृतिको भएको भन्दै ‘एउटा आन्दोलनकारी सिंहदरबार र अर्को जेलमा । यो कस्तो कानुन हो ?’ भनी प्रश्न गरे । 

सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयक फिर्ता नभई खारेज प्रक्रियामा अघि बढाउने सरकारको ध्यानाकर्षण गराए । असार ४ गते माइतीघर मण्डलामा भएको कम्पनको जाँच र नाप अझै नसकिएको र अझै ठूलो दबाब कार्यक्रमको तयारी भइरहेको भन्दै उनले  समयमै निर्णयमा पुग्न आग्रह गरे । 

कांग्रेस सांसद जीपछिरिङ लामाले संविधानमा समावेशी समानुपातिक रहेको प्रावधानलाई मिचेर प्रकाशित गरिएको लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गरे । सरकारका संवैधानिक निकायहरुलाई संविधानअनुसार चलाउन सरकारको ध्यानाकर्षण गराउँदै उहाँले विज्ञापन खारेज नभए आन्दोलन चर्किने चेतावनी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC