site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रतिष्ठानमा उपचाररत एक महिलाको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप
Sarbottam CementSarbottam Cement

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बिरामीको मृत्युपछि अवस्था तनावग्रस्त छ ।

पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका ७ सिरुखर्ककी ४९ वर्षीय भिमी साढुको सोमबार बिहान मृत्यु भएको थियो । डाक्टरले लापरबाही गरेर ज्यान गएको भन्दै आफन्तले अहिलेसम्म शवसमेत उठाएका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

"राती १ बजे उनले पिसाब रोकिएर छटपटाउन सुरू गरेकी थिइन्", मृतकका श्रीमान टिकाराम साढेले भने, "हामीले स्टार्फ नर्सहरुलाई डाक्टर बोलाउन आग्रह गर्‍यौं । तर कोही पनि आएनन् । डाक्टर नआएपछि सोमबार बिहान ८ बजे उनको मृत्यु भएको थियो ।"

मृतकका आफन्तलाई के कारणले मृत्यु भएको भन्ने कुनै जानकारी पनि नदिएको भन्दै सोमबार २ बजेसम्म पनि शव पनि उठाएका छैनन् ।

Global Ime bank

स्वास्थ्यकर्मीहरुको लापरबाहीकै कारणले मृत्यु भएको भन्दै पीडित परिवारले कानुनी उपचार खोज्ने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC