site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा
Sarbottam CementSarbottam Cement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रत्नकन्या आधारभूत विद्यालय सिर्सिया रौतहटका प्रधानाध्यापक राकेशकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

सरकारी स्रोतबाट प्राप्त भएको रु एक लाख ५६ हजार १९३ बराबरको भ्रष्टाचार गरेको अभियोग सिंहमाथि लागेको आयोगले जनाएको छ । विद्यार्थीको सङ्ख्या थपघट गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याएको आरोपसमेत सिंहमाथि लागेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै इलाका प्रहरी कार्यालय रन्यौला रुपन्देहीका प्रहरी निरीक्षक केशवबहादुर बस्नेतले सेवाग्राहीसँग रु १५ हजार घूस मागेको अभियोगमा विशेष अदालतमा आजै मुद्दा दायर गरिएको छ । नियमानुसार प्रक्रिया पूरा गरी ट्र्याक्टरबाट नदीजन्य पदार्थ ढुवानी गरिरहेका बेला सेवाग्राहीसँग बस्नेतले घूस मागेको आयोगले जनाएको छ । 

त्यस्तै सिराहाको साबिक राघोपुर गाविसमा रहेको निम्न माविमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त भएको रु चार लाख ६१ हजार ८८ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । भवन निर्माणका लागि प्राप्त भएको रकम दुरुपयोग गरेको र निर्माण कार्य अलपत्र पारेको आयोगको ठहर छ । 

Global Ime bank

त्यस्तै आयोगले कञ्चनपुर भन्सार कार्यालयका कार्यरत तत्कालीन नायब सुब्बा रामप्रसाद भट्टराईले रु दुई करोड आठ हजार ५४० बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार उनले सरकारी सेवामा प्रवेश गरेदेखि वैधरुपमा रु एक करोड १४ लाख ९१ हजार १५१ बराबरको कमाई गरेको देखिएको छ । तर आयोगको अनुसन्धानका क्रममा भट्टराईको रु तीन करोड १४ लाख ९९ हजार ६९१ बराबरको चल–अचल सम्पत्ति रहेको पाइएको छ । आयोगले आरोपी सबैलाई बिगो असुल र कैद सजायको समेत माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC