खेल
एजेन्सी । वेष्ट इण्डिजलाई आईसीसी विश्वकप क्रिकेटका झट्का लागेको छ । टिमका अलराउण्डर आन्द्रे रसेलले बाँकी खेल गुमाउने भएपछि वेष्ट इण्डिजलाई समस्या भएको हो ।
घुँडाको चोटको कारण रसेलले विश्वकप गुमाउने भएका हुन् । रसेलले यो विश्वकपमा ४ खेल खेलेर ५ विकेट लिएका थिए । ब्याटिङतर्फ रसेलले ३ खेलमा ३६ रन बनाएका थिए ।
अब रसेलको स्थानमा सुनिल अम्ब्रिसलाई वेष्ट इण्डिजले स्थान दिने भएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०७६ २२:३७
प्रतिक्रिया दिनुहोस्