site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शाकिबको उत्कृष्ट प्रदर्शनमा बंगलादेशको तेस्रो जित  
Ghorahi CementGhorahi Cement

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले जित हात पारेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ६२ रनले पारजित गर्दै बंगलादेशले सहज जित हात पारेको हो । 

रोजबल क्रिकेट मैदानमा बंगलादेशले दिएको २६३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४७ ओभरमा अल आउट हुँदै मात्र २०० रन बनायो । अफगानिस्तानका लागि शामी उल्लाह शिनवारीले अविजित ४९ रनको योगदान गरे । त्यस्तै  कप्तान गुल्बादीन नाइबले ४७ रन जोड्दा रहमत साहले २४, नाजिब उल्लाहले २३ तथा अस्घर अफगानले २० रन बनाए ।

Agni Group

बलिङतर्फ बंगलादेशका लागि शाकिब अल हसनले सर्वाधिक पाँच विकेट लिए । १० ओभर बलिङ गरेका उनले २९ रन खर्चेर एक मेडन ओभर पनि फाले । त्यस्तै मुस्ताफिजुर रहमानले दुई विकेट लिँदा मोहम्मद सैफुदीन र मोसद्देक हुसैनले समान एक–एक विकेट लिए ।
 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभ खेल्दै ६ विकेटको क्षतिमा २६२ रन बनाएको छ । बंगलादेशका लागि मुश्फिकर रहिमले अर्धशतकीय पारी खेले । ८७ बल खेलेका उनले ४ चौका र १ छक्काको सहयोगमा ८३ रनको बनाए । 

यस्तै साकिब अल हसनले पनि अर्धशतकीय पारी खेल्ने क्रममा टिमका लागि ५१ रनको योगदान गरे । हसनको यो एकदिवसीय क्रिकेटमा ४५ औँ अर्धशतक हो । उनले आज ६६ बलमा एक चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनले विश्वकपमा एक हजार रनसमेत बनाउन सफल भएका छन । 

Global Ime bank

यता टिमका ओपनर ब्याट्सम्यान लिटन दासले १६ तथा तामिम इकबाल ३६ रन बनाएर आउट हुँदा महमदुल्लाहले २७ रन जोडे भने अन्त्यमा मोसद्देक हुसैनले पनि ३५ रनको योगदान गरेका थिए । 

बलिङतर्फ अफगानिस्तानका मुजीब उर्र रहमानले सर्वा्धिक तीन विकेट हात पारे भने कप्तान गुल्बदीन नइबले २ तथा  मोहम्मद नाबी र दवलत जद्रानको नाममा पनि समान एक-एक  विकेट रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ९, २०७६  २३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC