site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जब साँखुमा माधव नेपाल घेरिए ... (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्षा लागिसक्दा पनि बाटो बनाउन पहल नगरेका भन्दै साँखुमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल स्थानीयबाट घेरिएका छन् ।

सोमबार शंकरापुर नगरसभाबाट फर्कने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल आक्रोशित स्थानीयबाट घेरिएका हुन् । आक्रोशित स्थानीयबासीले नेता नेपाललाई घेर्दै ‘हामीले कतिञ्जेल दुःख पाउने ?’, ‘बाटो बनाउन पहल गर्नुपर्दैन ?’ भन्दै प्रश्न गरेका थिए ।

नेता नेपालले जनताको पीरमर्का सुन्नुको सट्टा हतारहतार गाडीमा फर्किएको स्थानीयको भनाइ छ । “बाटो पिच नहुँदा झण्डै चार वर्षदेखि काठमाडौं पूर्वका बासिन्दाले सास्ती पाउँदै आएका थिए । यही क्षेत्रको प्रतिनिधि भएकाले हिसाबले उहाँले ठेकेदारलाई पटकपटक ध्यानकर्षण पनि गराउनुभएको हो । यही विषयमा केही झुण्डले उहाँलाई घेरेका हुन्,” शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

“कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका नेता नेपालले बाटो बनाउन पहल गरिरहेको छु भन्नुभएको थियो । ठेकेदारसँग कुरा भइरहेको छ । वर्षाअघि खाल्डा भने पनि पुर्न लगाउँछु भनेर भन्नुभएको थियो । तर, कहाँबाट झुण्ड आएर उहाँको बाटो छेक्यो,” श्रेष्ठको भनाइ थियो ।

उनले बिहेबटुलोमा बोलाउँ दासमेत आउने विकासप्रिय नेतालाई अनाहकमा झुण्डले घेरेको भन्दै दुःख व्यक्त गरे ।

Global Ime bank

“बाटोको समस्याबाट स्वयम् नेपाल प्रताडित हुनुहुन्छ । उहाँले सदनमा समेत आवाज उठाउनुभयो । तीन चारपटक अनुगमनमा समेत आउनुभयो । अहिले पनि ताकेता गरिरहनुभएको छ । उपत्यका सडक विस्तार आयोजनालाई ध्यानाकर्षण गराइरहनुभएको छ, ठेकेदारलाई झक्झक्याइ रहनुभएको छ,” श्रेष्ठ थप्छन् ।

स्थानीयले भने नेपालले पहलै नलिएको आरोप लगाउँदै आएका छन् । बौद्ध, जोरपाटी, थलीबासीले पनि आवागमनै ठप्प पारेर विरोध गर्दै आएका छन् ।

छेउमा पर्ने भएकाले बन्द गरेर पनि समस्या समाधान नहुने भएकाले नेताको ध्यानाकर्षण गराउनुपरेको उनीहरूको भनाइ छ ।

राससबाट समाचार हटाइयो 

‘सडक बनाउन माग गर्दै साँखुबासीले नेताको बाटो छेके’ शीर्षकमा राष्ट्रिय समाचार समितिले समाचार प्रकाशन गरेको थियो । तर, राष्ट्रिय समाचार समितिको वेबपेजमा हालिएको उक्त १६ नम्बरको समाचार राससले तुरुन्तै हटायो ।

समाचार काठमाडौंका उत्तरपूर्वी भेगमा संवाददाता आदित्य दाहालले तयार पारेका थिए ।

यस्तो थियो समाचार
सडक बनाउन माग गर्दै साँखुबासीले छेके नेताको बाटो
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC