site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्लिन फिडको किन विरोध गर्दैछन् व्यवसायी ? सरकारलाई तालाचाबी बुझाउने चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । विज्ञापनरहित टेलिभिजन च्यानल (क्लिन फिड) केही दिनयता चर्चामा छ । कारण– सरकारले जबर्जस्ती क्लिन फिड लागु गर्न खोजेको भन्दै केवल टिभी व्यवसायीहरुले विज्ञापन आउने विदेशी टिभी च्यानल दुई दिनसम्म बन्दै गरिदिए । 

नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित सेवा (क्लिन फिड) प्रशारण गर्नुपर्ने सरकारी तयारीको विरोधस्वरुप उनीहरुले प्रशारण रोकेका हुन् । आफूहरु क्लिन फिड सेवाको विरोधी नभएको यद्यपि बिनातयारी आउन लागेको कानुन उपभोक्ता र व्यवसायी दुवैको पक्षमा नरहेको केवल टेलिभिजन व्यवसायीहरुको तर्क छ । 

विदेशी प्रशारण संस्थाले नेपाललाई क्लिन फिड सेवा उपलब्ध गराउन तयार भए आफूहरु सरकारले भनेको क्लिन फिड सेवा दिन तयार रहेको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष लक्ष्मीनारायण शाह बताउँछन् । नेपालमा प्रशारण हुँदै आएका विदेशी च्यानलहरुसँग सहकार्य गरेर सरकारले विना विज्ञापन प्रशारण सेवा उपलब्ध गराउने वातावरण बनाउन सके आफूहरुलाई आपत्ति नरहेको शाहले बाह्रखरीसँग बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

“क्लिन फिड सेवा बन्द गर्दा विज्ञापन कटौती भएपछि त्यसको लागत पनि बढ्छ । त्यो लागत उपभोक्ताको टाउकोमा जान्छ,” अध्यक्ष शाह भन्छन्, “अहिले उपभोक्ताले तिर्दै आएको तीनदेखि पाँच सय रुपैयाँ पनि बढी भयो भन्ने गुनासो आइरहेका बेला अझै उपभोक्ता माथि नै शुल्क बढाउनुपर्ने अवस्था सरकारले सिर्जना गर्नु हुँदैन ।” 

नेपाल सानो देश भएकाले अहिले नेपालमा प्रशारण हुँदै आएका विदेशी च्यानलले नेपालका लागि विज्ञापनरहित सेवा उत्पादन गरेर प्रशारण गर्छन् भन्ने विश्वास आफूलाई नरहेको शाह बताउँछन् । 

Global Ime bank

क्लिन फिड लागु भए केवल टेलिभिजनको २० औं अर्ब रुपैयाँ डुब्ने भन्दै उनले सरकारले कुनै पनि कानुन बनाउनु अगाडि व्यवसायीको लगानी के हुने भन्नेबारे पनि सोच्न आग्रह गरे । 

कलाकारहरु क्लिन फिडको पक्षमा उभिएको सन्दर्भमा उनले नेपाली फिल्म हिन्दी तथा अंग्रेजी चलचित्रका कारण कम हेरिने गरेकाले क्लिन फिड लागु भए टेलिभिजन च्यानलमा नेपाली चलचित्र मात्रै हेर्नुपर्ने बाध्यता आउने भएकाले उनीहरुले समर्थन गरेको दाबी गरे । विज्ञापन एजेन्सीले पनि विदेशी विज्ञापन नआउने भएपछि अन्तरराष्ट्रिय कम्पनीका विज्ञापन पनि आफैँले बनाउन पाइने स्वार्थका कारण क्लिन फिडको समर्थन गरेको उनको भनाइ छ ।

केवल टेलिभिजन एसोसिएसनका अध्यक्ष सुधिर पराजुलीले भारतीय प्रशारण संस्थाहरुले नेपाललाई क्लिन फिड सेवा दिन नसकिने बताइसकेको बताए । “आठ महिना अगाडि भारतीय प्रशारण संस्थाहरु आबद्ध रहेको संस्था इन्डियन बोर्डकास्टिङ फोरम (आईबीएफ)ले नेपाललाई क्लिनफिड सेवा उपलब्ध गराउन नसकिने प्रतिवेदन दिइसकेको छ,” अध्यक्ष पराजुलीले बाह्रखरीसँग भने, “आईबीएफले क्लिन फिड सेवा दिन सक्तैनौं भनिसकेको अवस्थामा सरकारले कि नेपालका च्यानल मात्रै दिनुस् भन्नुपर्यो होइन भने लागु हुनै नसक्ने अव्यवहारिक कुरा गर्नु भएन ।” उनले अहिलेकै अवस्थामा विधेयक संसदबाट पारित भए आफूहरुले सरकारलाई तालाचावी बुझाउने चेतावनी दिए । 

‘उपभोक्ताको अधिकार खोसियो’

यता, उपभोक्ता हित संरक्षण मञ्चले केवल टेलिभिजन व्यवसायीले प्रशारण सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन् गरेको जिकिर गरेको छ । उपभोक्ताले सेवा लिएबापत शुल्क तिरेकाले सेवा प्रदायकले कुनै पनि वहानामा सेवा लिने अधिकारबाट उपभोक्तालाई बञ्चित गराउन नहुने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाँ बताउँछन् । 

उपभोक्ताको अधिकार हनन् भएको भन्दै मञ्चले आजै इन्टरनेट तथा केवल टेलिभिजन व्यवसायीद्वय लक्ष्मीनारायण शाह र सुधिर पराजुलीविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएको छ । “शाह र पराजुलीविरुद्ध हामीले अनलाइनमार्फत् जाहेरी दिइसकेका छौं । आवश्यक परे प्रमाणसहित हामी उपस्थित हुन तयार छौं,” अधिवक्तासमेत रहेका मञ्चका महासचिव बानियाँले भने, “कानुन अनुसार कारबाहीको भागिदार सबै हुनुपर्छ । कानुन अवज्ञा गर्नेलाई कानुनी कारबाही हुनुपर्छ ।”

मुलुकी अपराध संहिताको दफा ६८ मा सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने उल्लेख छ । कसैले विद्युत्, दूरसञ्चार वा यस्तै प्रकृतिको सार्वजनिक सेवामा कुनै प्रकारको डर, त्रास देखाई वा अन्य कुनै रुपले बन्द गर्न वा अवरुद्ध गर्न नहुने संहितामा उल्लेख छ । सोही दफाको उपदफा १ अनुसार यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद अथवा ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ । 

विदेशी च्यानलबाट नेपालमा प्रशारण भइरहेका विदेशी विज्ञापन नेपालले नै पाउनुपर्छ भन्ने सरकारको उद्देश्य गलत नभएको बानियाँ बताउँछन् । “वार्षिक अढाई अर्ब रुपैयाँको विज्ञापन विदेशी च्यानलमा आउने कि नेपालमा आउने भन्ने हो । नेपालमा आउनुपर्छ भन्ने सरकार गलत हो भनेर कसरी भन्न सकिन्छ,” उनले भने । 

यता, केवल टेलिभिजन एसोसिएसनका अध्यक्ष पराजुली  उपभोक्ताको अधिकार हनन् नगरेको दाबी गर्छन् । सरकारले ल्याउन लागेको कानुनपछि कस्तो अवस्था आउँछ भनेर अहिले नै उपभोक्तालाई आफूहरुले जानकारी दिएको उनको तर्क छ । समय घर्किसकेपछि जानकारी दिनुभन्दा पहिला नै सूचना लिएर जागरुक बनाउन खोजेको उनको भनाइ छ । 

अभिनेता हरिवंश आचार्य क्लिन फिड लागु गर्ने योजनालाई सहयोग गर्नुपर्ने बताउँछन् । नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु विज्ञापनरहित हुनु हाम्रो लागि राम्रो हैन र ? भन्दै आचार्य क्लिन फिडले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुने बताएका छन् । आचार्य आफ्नो फेसबुक पेजमा लेख्छन्, “एक पटक हैन, पटक पटक सोचौँ । नेपाल सरकारको यो हिम्मतिलो निर्णयमा हाम्रो साथ छ ।”

सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको परिच्छेद दुईको दफा छ मा विज्ञापनरहित प्रकाशन तथा प्रशारण गर्नुपर्ने तथा उपदफा एकमा नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापन रहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने उल्लेख छ । उपदफा दुईमा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले प्रशारण गर्दा प्रशारण गर्न पाइने छैन उल्लेख छ । यो विधेयक राष्ट्रियसभाले पारित गरिसकेको छ । विधेयक प्रतिनिधिसभामा जान बाँकी छ ।

विधेयकको व्यवस्था

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC