site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गोर्खा ब्रुअरीद्वारा बार स्टाफलाई बियर सर्भिङ र भण्डारण तालिम
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोर्खा ब्रुअरीले देशभरका तीन सय बार स्टाफलाई बियर उत्पादन, वियर भण्डारण तथा गुणस्तरीय सर्भिङको तालिम दिएको छ । कम्पनीले उपभोक्तालाई गुणस्तरीय बियर स्वाद अनुभव गराउनका लागि बियर सर्भ गर्नेहरुको क्षमता अभिवृद्धि गरेको हो ।

कम्पीले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टसँगको सहकार्यमा तालिम दिन थालेको हो । तालीममा सहभागीलाई बियर उत्पादनदेखि भण्डारण र सर्भिङसम्मको बारेमा सम्पूर्ण जानकारी गराइन्छ । तालीममा सहभागीले बियर बन्नका लागि आवश्यक सामाग्री, उत्पादन प्रक्रिया, प्रकार आदिबारे पनि सिक्न पाउँछन् । साथै बियर भण्डारण गर्नुपर्ने उचित तरिका, ग्लास सफा गर्ने तरिकाबारे पनि सिकाइन्छ । 

कम्पनीले सो तालीम कार्यक्रमको नाम ‘एक्सबियरियन्स’ दिएको छ । जसमा सहभागीले कार्ल्सबर्ग बियर एकेडेमिको पाठ्यक्रमअनुसार बियरबारे ज्ञान पाउँछन् । गोर्खा ब्रुअरीले कार्ल्सबर्ग बियर एकेडेमिको अन्तराष्ट्रिय कोर्स नेपालमा दिइएको दाबी गरेको छ । तालीममा एक सातामा २० बार स्टाफहरु सहभागी हुने गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोही तालिम कार्यक्रमको एड्भान्स कोर्सको रुपमा कम्पनीले कार्ल्सबर्ग बियर एकेडेमीकी प्रशिक्षक सिग्रिड स्ट्रेटवर्नलाई नेपाल ल्याएको थियो ।सो तालीम कार्यक्रम उनले दिएको सो तालीम कार्यक्रमको नाम ‘बियर इन्थुसियास्ट ट्रेनिङ’ हो । कम्पनीले सो कार्यक्रममा सहभागी बार स्टाफ तथा विभिन्न रेस्टुरेन्टका सञ्चालकलाई ‘बियर इन्थुजियास्ट’को प्रमाणपत्र दिएको छ ।

कम्पनीले यस किसिमको कार्यक्रमका माध्यमबाट बार स्टाफको दक्षता विकास तथा सुधार गर्ने लक्ष्य लिएको छ । यसका कारण उनीहरुले सर्भ गर्ने तरिका अन्तरराष्ट्रिय स्तरको हुने कम्पनीको दाबी छ । गोर्खा ब्रुअरीले आगामी दिनमा सबै सहभागीलाई बियर र हस्पिटालिटिको अन्य विषयमा ज्ञान दिने योजना बनाएको छ ।

Global Ime bank

“नेपालको बार स्टाफको सीप विकास गरी वियर उपभोक्तालाई बियरको वास्तविक अनुभव लक्ष्यअनुसार यो कार्यक्रम सुरु गरिएको हो ” गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्माले बाह्रखरीसँग भने । उनको अनुसार गोर्खा ब्रुअरीजस्तो प्रिमियम गुणस्तरको बियर उत्पादन कम्पनीका लागि सही अनुभव एदमै अपरिहार्य छ । उनले यो कार्यक्रमबाछ राम्रो फिडब्याक मिलेकोले यसलाई अझै ठूलो बनाउने हौसला मिलेको बताए ।

उनका अनुसार कतिपय आउटलेटले आफ्नै आउटलेटमा आएरु यस्तो ट्रेनिङ दिन आग्रह गरेका छन् । शर्माले भने, “एकपटकको तालीम भन्दा पनि हामी दिन दिनै उहाँहरुलाई ज्ञान र सीप सुधार्नेमा तत्पर छौं ।” गोर्खा ब्रुअरिले तालीम लिएका सबै स्टाफसँग् सम्पर्कमा रहेर नियमित रुपमा ज्ञानको स्तरलाई अपडेट गर्दै लाने योजना बनाएको छ ।

सो तालीममा सहभागीता जनाएका आइरिस पबका व्यवस्थापक गोपाल मिश्रले यस्तो किसिमको तालीमले बियर सर्भिस प्रतिको धारणा नै बदलेको बताए । उनले भने, “तालीमका क्रममा बियरको सामान्य परिचय, इतिहास, अल्कोहल प्रतिशत, प्रकार आदिका बारेमा जान्ने मौका पायौं । बियर बन्न कच्चा पदार्थ तथा स्टोर गर्ने सही तरिका पनि सिक्न पायौं ।”
यसका अतिरिक्त ग्लास कसरी सफा गर्ने ? कसरी ग्लासमा हाल्ने ? कति फिँज निकाल्ने ?  कसरी सर्भ गर्ने ? आदि पनि सकेको बताए । उनले भने, “बियरको फाइदा जानियो, बियर सुद्ध पेय पदार्थ रहेछ भन्ने अनुभुति भयो । बियर बिग्रिने कारण पनि जानकारी पाएँ ।”

उनले आफू हस्पिटालिटि क्षेत्रमा लागेको १५ वर्षमा बल्ल आएर बियरको बारे बुझेको बताए । भने, “गोर्खा ब्रुअरीले सराहनीय कार्य गरेको छ । तालीमको क्रममा सिकेको कुरा बार स्टाफले व्यवहारमा लागू गरे उपभोक्राले बियरको रियल टेस्ट अनुभव गर्न पाउँछन् ।”

गोर्खा ब्रुअरीले आफ्नो योजनाअनुसार यस किसिमको तालीम देशैभर आयोजना गर्ने बताएको छ । यसलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित कम्पनीले सन् २०१९ को अन्त्यसम्म १ हजार जनालाई र अर्को वर्ष २ हजार बार स्टाफलाई तालिम दिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC